
काठमाडौं ।
नेस्नल लेबर रिलेसन्स बोर्डले टेस्लालाई फ्लोरिडास्थित ओल्र्यान्डोका आफ्नो कर्मचारीहरुलाई कार्यस्थलका मामिलाहरुको बरेमा कुरा गर्न निषेध गर्दै लेबर कानूनको उल्लंघन गरेको आरोप लगाएको छ।
एनएलआरबीको टम्पा रिजनल क्षेत्रीय निर्देशकले टेस्सलाले कर्मचारीहरुलाई आफ्नो तलबको बारेमा अन्य व्यक्तिहरुसँग चर्चा नर्गन र कर्मचारीहरुको बर्खास्तिको बारेमा नबोल्न निर्देशित गरेको भन्दै गत सेप्टेम्बरमा अटो निर्माता विरुद्ध कानूनको उल्लघंन गरेको भन्दै उजुरी दर्ता गरेको ब्लूमबर्गले बताएको छ।
त्यसै गरी टेस्ला व्यवस्थापनले कर्मचारीहरुलाई आफ्नो कार्य अवस्थाको बारेमा उच्च स्तरका प्रबन्धकहरुसँग गुनासो नर्गन आदेश दिएको थप उल्लेख गरिएको छ।
टेस्लाले पछिल्ला वर्षहरुमा एनएलआरबीद्वारा लगाइएका आरोपहरुको सामना गर्नू परेको बताइएको छ। उक्त एजेन्सीले २०२१मा अटोमेकरद्वारा युनियनका एक्टीभिस्टलाई बर्खास्त गरेको र कामदारहरको वरकर्स बेनिफिटस्लाई लिएर धम्की दिँदै यूएस लेबर कानूनको उल्लघंन गरेको भनी दाबी गरेको बताइएको छ।
एनएलआरबीले बर्खास्त गरिएका युनियनका एक्टीभिस्ट रिचार्ड ओर्टिजालाई पुनः कम्पनीमा नियुक्त गर्न र उनका फाईलबाट उल्लेख गरिएका सम्पूर्ण डिस्प्लीनेरी एक्सनहरु हटाउन आदेश दिएको बताइएको छ।
ताम्पाका क्षेत्रीय निर्देशकले दायर गरेको उजुरीको सुनुवाई आगामी फेब्रुअरीमा न्यायाधीशले गर्नेछन् भनी एजेन्सीका प्रवक्ताले बताएको ब्लूमबर्गले उल्लेख गरिएको छ।
प्रकाशित: १८ पुष २०७९, सोमबार