सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा

काठमाडौं ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडीतथाअनुत्पादक क्षेत्रमालगानीबढाउँदा समस्याआएको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारण सभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक क्षेत्रमागएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए। यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उनले आरोप लगाए।

‘सहकारीमा खास समस्याको चुरो पत्ता लागि सकेको छ। हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधन तर्फ किन लाग्दैनौं?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन।’

तरलता अभावकाबीच सहकारी संघ/संस्थाहरुले सदस्यहरुको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भने, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशतभन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो। त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो।’

सोही अवसरमा रजिष्ट्रार पण्डितले केही प्राविधिक तथा बाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङक राख्न नसकेको स्विकार्दै माघपछि वास्तविक तथ्यांक आउने गरी विभागले काम गरिरहेको बताए।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबीप्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्ती संस्थाको भएको बताए। राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारणअहिलेको अवस्था सृजना भएको दाबी गरे।

यस्तै कार्यक्रममा सिजेएनका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले सहकारीले बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसक्नु तरलता अभावको क्षणिक समस्या नभएर बताउँदै पत्रकारहरुले सहकारी संघ/संस्थाहरुका अरु व्यथितिमा कलम चलाउनु पर्ने बताए।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आफ्नो १२औं वार्षिक साधारण सभामार्फत अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रयास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्दै संस्थाको आगामी कार्य रणनीति तथा कार्यक्रमहरु समेत पारित गरेको छ।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार