टेलिग्राममा अश्लिल भिडियो पठाई आर्थिक लाभ लिएको आरोपमा किशोर पक्राउ

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
टेलिग्राममा अश्लिल भिडियो पठाई आर्थिक लाभ लिएको आरोपमा किशोर पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक संजाल टेलिग्राममा नाबालिगको अश्लील भिडियो पठाएर पैसा मागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने रोजित आले मगर छन्।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायकाअनुसार १८ वर्षीय रोजितलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको हो। आरोपीले सामाजिक सञ्जालको माध्यमबाट प्रेमि-प्रेमिकाको बहानामा अनलाइनमा अश्लील कुराकानी गर्ने र अश्लील क्रियाकलापको फोटो तथा भिडियोहरु टेलीग्राम च्याट ग्रुपमा पोष्ट गरेर रकम बार्गेनिङ गर्ने गरेका थिए।

रोजितको सो गतिविधिबाट महिला र नाबालिकहरुको चरित्रहत्या गर्ने, दु:ख हैरानी गराई पीडित बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार पक्राउ गरी जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार