डल्बी एटमस सपोर्ट गर्ने एलजीको नयाँ एससी ९ र एसई ६ साउण्डबार अनावरण

  • Technology Khabar | १३ पुष २०७९, बुधबार
डल्बी एटमस सपोर्ट गर्ने एलजीको नयाँ एससी ९ र एसई ६ साउण्डबार अनावरण

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले नेक्स्ट जेनेरेसन सिरिज अन्तर्गतको साउण्डबार स्पिकसहरु अनावरण गरेको छ। एलजी इलेक्ट्रोनिक्सको उक्त साउण्डबार स्पिकसहरु एससी ९ र एसई ६ गरी दुई ओटा मोडलमा २०२३ देखि बजारमा उपलब्ध हुने बताइएको छ।

जनवरीमा लस भेगासमा आयोजना हुन लागेको सीईएस २०२३ कार्यक्रमको ठीक अघि दक्षिण कोरियाली ब्राण्डले आफ्नो पछिल्लो साउण्डबारको लाइनअपको घोषणा गरेको हो।

एलजीको उक्त नयाँ साउण्डबारहरु कम्पनीको आफ्नै एलजी टेलिभिजनहरुसँग वायर कनेक्टेड हुनेछ। एलजी टीभी मोडलहरुसँग जडान गरिएको खण्डमा उक्त नयाँ साउण्डबारहरुले वाओ अर्केस्ट्रा जस्तो फिचर प्रदान गर्ने बताइएको छ।

एलजीको २०२३ को साउण्डबार र टीभीले संयूक्त रुपमा डीटीएक्सद्वारा पावर भएको डल्बी एटमस र आईम्याक्स सहितको मल्टि सराउण्ड साउण्ड सलुसन लागि सिर्नजी प्रदान गर्ने आधिकारिक रुपमा बताइएको छ। एलजी टिभीको होम डसबोर्डको मार्फत प्रयोगकर्ताले साउण्डबारको सेटिङ म्यानेज गर्न र साउण्ड मोडहरु सेयर गर्न पनि सक्ने बताइएको छ। वाओकास्ट फिचरको वायरलेस कनेक्टिभिटीले गर्दा तार जडानको झन्झटबाट मुक्त बनाई प्रयोगकर्तालाई थप सहज हुने बताइएको छ। त्यसैगरी यसमा थप फिचरको रुपमा ट्रिपल अप फाईरिङ स्पिकर स्सिटम भएको ब्राण्डको ट्रिपल साउण्ड टेक्नोलोजी समावेश गरिएको बताइएको छ।

एलजीको नयाँ साउण्डबारको फिचरहरुमा समग्र रुपमा सुधार गरिएको र उक्त साउण्डबार चलउन पनि निकै सजिलो रहेको उल्लेख गरिएको छ। त्यसैगरी साउण्डबारले भीआरआर सपोर्ट गरी स्क्रीन टियरिङ डिक्रीज गर्ने र एएलएलएमले ल्याट्न्सी रिड्यूस गरी ४के/१२०हर्ज पास–थ्रू हुने थप बताइएको छ।

हाललाई दुबै साउण्डबार स्पिकसहरु एससी ९ र एसई ६ को मूल्य नखुलाइएको र लस भेगासमा आयोजना हुने सीईएस सम्मेलनमा प्रदर्शनमा राखिने बताइएको छ।

प्रकाशित: १३ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...