
काठमाडौं ।
आगामी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२२ ग्रान्ड फाइनल २०२३ जनवरी ६ देखि ८ सम्म आयोजना हुनेछ। विश्वका उत्कृष्ट पब्जी टोलीहरू मध्ये १६ ओटा विश्व च्याम्पियनको उपाधि तथा ४ लाख अमेरिकी डलर कुल पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्न इन्डोनेसियाको जकार्तामा उत्रनेछन्।
पब्जी मोबाइलको लागि सबैभन्दा ठूलो बजार भएकाले जाकार्तालाई ग्रान्ड फाइनलका लागि छनोट गरिएको थियो। ययस क्षेत्रमा पब्जी मोबाइलको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना हुनेछ। प्रतियोगिता जकार्ता इन्टरनेशनल एक्सपोमा खेलिनेछ। पब्जी विकासकर्ता टेनसेन्टका अनुसार ४ हजार प्रशंसकहरू तीन दिनको कार्यक्रम लाइभमा उपस्थित हुन सक्नेछन्।
प्रतियोगिता लाइभ हेर्नका लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ। प्रारम्भिक टिकट खरिदमा ५० प्रतिशतसम्मको छुट दिइएको गोसुगेमर्सडटनेटले उल्लेख गरेको छ।
पीएमजीसीलाई २०२० मा पीएमसीओ ग्लोलब फाइनललाई पब्जी मोबाइल इस्पोर्टस्को लागि विश्व च्याम्पियनशिपको रुपममा प्रतिस्थापन गर्न शुरु गरिएको थियो। २०२० र २०२१ मा दुबईमा यो प्रतियोगिता अनलाइन खेलाइएको थियो। यो पटक भने दर्शकहरुको उपस्थितिमा ल्यानमा प्रतियोगिता आयोजना गरिनेछ।
यस प्रतियोगितामा नेपालका दुई टिम ट्रेन २ किल (टी२के) र डीआरएस गेमिङ पनि सहभागी हुँदैछन्।
प्रकाशित: १३ पुष २०७९, बुधबार