
काठमाडौं ।
फर्निचर निर्माता, आईकियाले हरित ऊर्जा प्रवर्द्धन गर्न आफ्नो डेलिभरी भेहिकल फ्लीटमा सौर्य उर्जाबाट चल्ने इलेक्ट्रिक कार्गो बाइक थपेको छ। यी सवारी साधनहरू हाल नेदरल्याण्ड र भिल्नियस, लिथुआनियामा डेलिभरीको लागि परीक्षण भइरहेको छ।
नेदरल्याण्ड्समा पायलट कार्यक्रम हाल डेल्ट आईकिया स्टोरद्वारा संचालित छ। पहेँलो र नीलो आईकिया-ब्रान्डका विद्युतीय तीन पाङ्ग्रे सवारी साधनहरू स्टोर वरपरका शहरी क्षेत्रमा डेलिभरीका लागि प्रयोग भइरहेका छन्।
इलेक्ट्रेकको रिपोर्टअनुसार, आईकियाले आफ्नो डेलिभरी भेहिकल फ्लीटमा सौर्य ऊर्जाबाट चल्ने इलेक्ट्रिक कार्गो बाइकहरू थपेको हो, जुन सुरुमा नेदरल्याण्ड र भिल्नियसमा सञ्चालन भइरहेका छन्। यसमा अधिकतम डेलिभरी सुनिश्चित गर्न प्रति अर्डर अधिकतम वजन ३० किलोग्राममा सीमित गरिएको छ।
आइकियाले आगामी दिनमा यो सेवालाई विश्वभर विस्तार गर्ने जनाएको छ । कम्पनीले विश्वभरका आइकिया फ्रेन्चाइजरहरूले आफ्ना विश्वव्यापी खुद्रा विक्रेताहरूलाई आफ्नो स्थानीय सञ्चालनमा कार्गो गाडीहरू थप्न दिने निर्णय गरेको बताएको छ। पक्कै पनि, यो परम्परागत होम डेलिभरी फ्लीटको लागि दिगो, पहुँचयोग्य र लागत-प्रभावी विकल्प हो।
यस इलेक्ट्रिक कार्गो बाइकको बारेमा कुरा गर्दा, यसमा ठूलो भण्डारण बक्स जडान गरिएको छ, जसले आइकियाका अधिकांश उत्पादनहरू राख्न सक्छ। रिपोर्टमा भनिएको छ कि आइकियाका हेलेन डेभिडसनका अनुसार, सनराइडर बाइकले आइकिया उत्पादन दायराको लगभग ९० प्रतिशत बोक्न सक्छ, जसमा डिजेल विकल्पहरू भन्दा लगभग ९८ प्रतिशत कम कार्बन उत्सर्जन हुन्छ।
सबै बाइक सौर्य ऊर्जामा आधारित भएर काम गर्छन। सनराइडर ई-बाइकको दायरा १०० किलोमिटर छ र यसको साइड माउन्ट गरिएको सोलार प्यानलले त्यो दायरामा योगदान पुर्याउँछ।
सनराइडर ई-बाइककोको पेलोड क्षमता १५० केजी छ। कम्पनीसँग प्रति अर्डर ३० किलोग्रामको सीमा रहेकोले, यसले प्रति यात्रा धेरै अर्डरहरू बोक्न सक्षम भएको बताईएको छ।
प्रकाशित: ९ पुष २०७९, शनिबार