डेमार्कको इलेक्ट्रिक मोटरसाइकल हिउँमा पनि चलाउन सकिने

  • Technology Khabar | ६ पुष २०७९, बुधबार
डेमार्कको इलेक्ट्रिक मोटरसाइकल हिउँमा पनि चलाउन सकिने

काठमाडौं ।

क्यानाडाको सवारी निर्माता डेमार्कले ट्रान्सपोर्टको धेरै मोडहरुको संयोजन रहेको नयाँ इलेक्ट्रिक मोटरसाइकल घोषणा गरेको छ। डेमार्कले आफ्नो कम्ब्याट इलेक्ट्रिक मोटरसाइकलमा पांग्रा र स्की दुवै मोड दिएको छ।

क्यानाडाको अधिकतम भूभाग हिउँले डाकिने भएकाले कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि ईमोटरसाइकलमा स्की र पांग्रा दुवैको विकल्प दिएको भाइजरडाउनले उल्लेख गरेको छ।

कम्ब्याट इलेक्ट्रिक मोटरसाइकलका प्रयोगकर्ताले स्की मोड अन गरेर हिउँमा चलाउन सक्नेछन्।

कम्ब्याटमा एक १० इन्चको अगाडिको पांग्रा र आठ इन्चको पछाडिको पांग्रामा तुलनात्मक रूपमा सामान्य सेटअप छ, दुबै टायरहरू सबै भू–भागका लागि उपयुक्त छन्। यी दुवै पांग्रा हटाउन र परिवर्तन गर्न सकिन्छ। अगाडि स्की र पछाडि ट्रयाक पांग्रा राख्न सकिन्छ। यसले भुगोल अनुसार मोटरसाइकल चलाउन मद्दत गर्नेछ। तर यसका लागि प्रयोगकर्ताले टायर परिवर्तन गर्न केही समय दिनु पर्ने हुन्छ।

कम्ब्याटमा एउटा ब्रशलेथ एयर कूल्ड इलेक्ट्रिक मोटरद्वारा सञ्चालित हुन्छ। जसले ५ किलोवाट आउटपुट र १९ किलोवाट पीक आउटपुद प्रदान गर्छ। १३६ किलोग्रामको मोटरसाइकलको अधिकतम गति ७२ किलोमिटर छ। यसले फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। ईमोटरसाइकल कम स्पीडमा चलाइयो भने रेञ्ज बढ्ने कम्पनीले बताएको छ। ३.८५ किलोवाट आवरको ब्याट्री साढे ३ घण्टामा फुल चार्ज हुन्छ।

चेसिसको फ्रे एल्युमिनियमबाट बनेको र सस्पेन्सन हेभी ड्यूटी भएको डेमार्कको भनाइ छ। ईमोटरसाइकलमा डिस्क ब्रेक, एलईडी हेडलाईट र डिजिटल कन्सोलेन्स वाटर प्रुफ छ।

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार