काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल

काठमाडौं ।

विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रबर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा “नेक्सन इभी रेन्ज टेस्ट २०२२” प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको छ।

नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो।

नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो हुन सफल भए। त्यसैगरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे।

कार्यक्रममा सहभागी मध्ये १४ जनाले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सकेका थिए।

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसग स्मार्ट एलईडी टिभी जितेको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी दोश्रो स्थानमा रहेका भरत पुडासैनी र अनिश कावरा ज्युले २८ लिटरको सामसंग ओभेन जिते। तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसंग भ्याकुम क्लिनर जिते।

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जानकारी गराए।

यही पौष २ गते शनिबार, सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दरबारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको बताईएको छ।

इभीको उपयोग गर्ने ग्राहकवर्गबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उनीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका ग्राहक सेवा तर्बाट रन्धिर कुमार चौधरी तथा सिप्रदीका ग्राहक सेवा प्रमुख कुमार भण्डारी ज्यूले जानकारी गराए।

ईभी र ईभी चलाउंदा जान्नु पर्ने विभिन्न कुराहरु छलफलसंगै दक्षिण एशियाकै पहिलो नैकाप स्थित ईभी लर्निङ्ग सेन्टरको पनि भ्रमण गराए।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारीसमेत गराएको छ।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...