एनसेलले शुरु गर्यो फोरजी सेवा, १ जीबी डाटा निशुल्क, फोरजी सिम साटन पाइने

Technology Khabar १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, १८ जेठ । एनसेलले चौथो पुस्ताको फोरजी सेवा संचालनमा ल्याएको छ । कम्पनीले विहिबारदेखि काठमाडौं उपत्यका लगायतका केहि स्थानहरुमा फोरजी सेवा संचालन शुरु गरेको हो ।

एनसेलले पहिलो चरणमा काठमाडौं उपत्यकासहित नगरकोट, बनेपा र धुलिखेलमा पनि फोरजी संचलान गरेको जानकारी दिएको छ ।

कम्पनीले नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अवसर पारेर ग्राहकहरुलाई १ जीबी डाटा निशुल्क ३ दिनसम्म प्रयोग गर्न दिएको छ । यसका साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्ड लिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने जनाएको छ ।

एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।

प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको हो। “हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं ।  यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने ।

यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी ७ महिना सम्ममा  कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम)सँग निःशुल्क साट्न सक्छन् । नयाँ ग्राहकले फोरजी सिमनै प्राप्त गर्ने जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १८ जेष्ठ २०७४, बिहीबार

तपाइको प्रतिक्रिया