फोर्ड एफ-१५० लाइटनिङलाई मोटरट्रेन्ड २०२३ ट्रक अफ द इयर अवार्ड

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
फोर्ड एफ-१५० लाइटनिङलाई मोटरट्रेन्ड २०२३ ट्रक अफ द इयर अवार्ड

काठमाडौं ।

फोर्ड एफ-१५० लाइटनिङले मोटरट्रेन्ड २०२३ ट्रक अफ द इयर अवार्ड जितेको छ। मोटरट्रेन्ड २०२३ मा फोर्ड एफ-१५०ले सर्वश्रेष्ठ सवारी, उत्कृष्ट ह्यान्डलिङ, हालसम्मको उत्कृष्ट ड्राइभिङबाट सम्मानित हुँदै ट्रक अफ द इयरको रुपमा अवार्ड जितेको इनसाईडइभीले उल्लेख गरेको छ।

विद्युतीय ट्रकले मोटरट्रेन्डको अवार्ड प्राप्त गरेको यो लगातार दोस्रो वर्ष हो। गत वर्ष रिभियन आर१टीले यो अवार्ड जितेको थियो। फोर्ड एफ-१५० जजहरुबट सबै मत प्राप्त गर्ने पहिलो ईभी बन्न सफल भएको छ।

यो इलेक्ट्रिक कारहरुको लागि ठूलो जीत हो। यसले ईभीमा बढ्दो प्रविधिको प्रयोग र प्रयोगकर्ता अनुकुल हुँदै गएको देखाउँछ।

यस अघि फोर्डको इलेक्ट्रिक पिकअपले मोटर१ डटकम स्टार अवार्डमा दुई विधाहरु जितेको थियो। २०२२ बेस्ट ईभी र २०२२ बेस्ट ट्रक।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...