काठमाडौं ।
सामसङ र बीएमडब्ल्यू ग्रुपका प्रमुखहरुले आफ्नो ब्याट्री ब्यापार साझेदारीलाई सुद्दढ गर्ने तरिकाहरु बारेमा छलफल गरेका छन्। सामसङका अनुसार आईतबार दुई कम्पनीका प्रमुख बीच ब्याट्री ब्यापार साझेदारीलाई सुद्दढ गर्ने तरिकाहरुबारेमा छलफल भएको हो।
सामसङ इलेक्ट्रोनिक्स कम्पनीका अनुसार सामसङ ग्रुपका लिडर लीज जे योङले शनिबार सियोलको पश्चिममा रहेको बीएमडब्ल्यू ड्राइभिङ सेन्टरमा बीएमडब्ल्यू ग्रुपका प्रमुख कार्यकारी ओलिभर जिप्सेसँग ब्याट्र व्यवसायलाई अझ मजबुट गर्ने विषयमा छलफल गरेका छन्।
ली सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी अध्यक्ष हुन्।
ड्राइभिङ सेन्टरमा बीएमडब्ल्यूले सामसङ एसडीआई कम्पनीको जेन५ प्रिज्म्याटिक ब्याट्रीहरु युक्त १० ओटा आल इलेक्ट्रिक आई७ सेडनानहरु सामसङ ग्रुपका कार्यकारीहरुलाई प्रदान गनै समारोह आयोजना गरेको विज्ञप्तिमा भनिएको रोयटर्सले उल्लेख गरेको छ।
बीएमडब्ल्यूका सीईओलो भने सामसङ कम्पनीको विद्युतीयकरण अभियानमा महत्वपूर्ण साझेदारहरु मध्ये एक हो। सामसङका कार्यकारीहरुसँग बीएमडब्ल्यू आई७ हुनु अर्थपूर्ण छ।
सामसङ एसआईडीले सन् २०१३ देखि बीएमडब्ल्यूको आई३ प्लग इन हाइब्रिड, आई८ प्लग इन हाइब्रिड रोडस्ट, आईएक्स अल इलेक्ट्रिक एसयूभी र आई४ प्योर इलेक्ट्रिक ग्रान कूप मोडलहरुका लागि कार ब्याट्रीहरु आपूर्ति गरिरहेको छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार