टोयोटा हाइलक्स इलेक्ट्रिक सार्वजनिक

  • Technology Khabar | १ पुष २०७९, शुक्रबार
टोयोटा हाइलक्स इलेक्ट्रिक सार्वजनिक

काठमाडौं ।

टोयोटाले आफ्नो चर्चित हाइलक्स पिकअपको इलेक्ट्रिक भर्सन हाइलक्स युट सार्वजनिक गरेको छ। थाइल्याण्डमा टोयाटोको ६० औं वार्षिकोत्सव मनाउने क्रममा ब्याट्रीबाट चल्ने इलेक्ट्रिक हाइलक्स युट सार्वजनक गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

टोयोटाको अध्यक्षा अकियो टोयोडाद्वारा सार्वजनिक गरिएको इलेक्ट्रिक युट अहिलेका लागि कन्सेप्ट मात्र हो। यो सिंगल क्याब पिक अप भेरियन्टमा आधारित छ। टोयोटा हाइलक्स युटको प्राविधिक, उत्पादन विवरण र बजारमा उपलब्ध हुने मितिको बारेमा हाल कुनै जानकारी दिइएको छैन।

हाइलक्सले कार्बन न्यूट्रालिटी र सबैका लागि राम्रो वातावरण समर्थन गर्ने टोयोटा अध्यक्षले बताए।

टोयोटाले इलेक्ट्रिक हाइलक्स अवधारणाका केही आधिकारिक तस्विरहरू उपलब्ध गराएको छ। कुर्दिस्तान अटोमोटिभ ब्लग प्रयोगकर्ताद्वारा इन्स्टाग्राममा फोटोहरूको सिरिज पनि प्रकाशित गरिएको छ।

यो नियमित उत्पादन हाइलक्स जस्तो देखिन्छ, ब्ल्याङ्क-अफ ग्रिल बाहेक धेरै विद्युतीय सवारी साधनहरूमा सामान्य, र अगाडि–बायाँ पाङ्ग्रा पछाडि ठूलो साइड चार्जिङ पोर्ट छ।

हाइलक्ससँगै दोस्रो कमर्शियल भेहिकल आईएमभी ओ (इनोभेटिभ इन्टरनेस्नल मल्टी प्रपोज भेहिकल) कन्सेप्ट पनि सार्वजनिक गरिएको छ। आईएमभी ओ अर्को वर्षदेखि उत्पादन शुरु गरिने टोयोडाले पुष्टि गरे।

प्रकाशित: १ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार