टिसिएलले नेपालमा ल्यायो “गुगल टिभी”

Technology Khabar २७ मंसिर २०७९, मंगलवार

काठमाडौं ।

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्त गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीन बाट नै सेलेक्ट गरेर हेर्न सक्छन।

गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ।

कम्पनीकाअनुसार टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरू भन्दा एक कदम अगाडि छ किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन् जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाऊदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन्।

यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र बिल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ। गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ।

हालै टिसिएलले P735 4K HDR Google TV with camera (७५ इन्च), C735 QLED 4K Google TV with camera (६५ र ५५ इन्च) र P635 4K HDR Google TV (६५, ५५, ५० र ४३ इन्च) गरि कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ।

नेपालभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया