सिट्रोनको पहिलो ईभी भारतमा सार्वजनिक हुने

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
सिट्रोनको पहिलो ईभी भारतमा सार्वजनिक हुने

काठमाडौं ।

फ्रान्सको अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा आफ्नो पहिलो इलक्ट्रिक कार सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ मोडल सी३ लाई आधार मानेर इलेक्ट्रिक भर्सन ईसी३ सार्वजनिक गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यो कार २०२३ मा सार्वजनिक हुनेछ।

सिट्रोनका सीईओ कार्लोस टवेरेसले ईसी३ अर्को वर्षको जनवरीको शुरुआतमा दिल्लीमा इन्डियन अटो एक्सपोमा प्रस्तुत गर्ने संकेत गरेका छन्। सिट्रानको आगामी इलेक्ट्रिक कार सी३ एसयूभीमा आधारित हुनेछ।

सिट्रोनले भर्खर ईसी३ नाममा अगामी इलेक्ट्रिक कारको टीजर जारी गरेको छ। कम्पनीले यसका आधिकारीक जानकारी छिट्टै दिने बताएको छ।

कारको मूल्य कम गर्नका लागि ईसी३ इलेक्ट्रिक कार भारतमा स्थानीय रुपमा निर्माण गरिने कम्पनीले यस अघि बताएको थियो।

महँगो मूल्यका कारणले ईभी प्रति उपभोक्ताको आकर्षणका बाबजुत प्रयोग बढ्न सकेको छैन। बजारमा १० लाख भारु भन्दा सस्तो मूल्यका ईभी कम छन्।

कार्लोस तवारेसले यस अघि भनेका थिए, ‘ मध्य वर्गका लागि ईभीलाई कसरी सस्तो बनाउन सकिन्छ। यो सबैभन्दा ठूलो चुनौती हो। ईभीलाई स्थानीय उत्पादनबाट सिट्रोन ईसी३ को मूल्य कम राख्न मद्दत मिल्छ।’

ईभीको मूल्य नियन्त्रित गर्नका लागि कम्पनीले ब्याट्री सामग्री आपूर्ति गर्न सक्षम स्थानीय आपूतिर्कर्ताको उपयोग गर्नेछ। सिट्रोन ईसी३ मा करिब ३० किलोवाट क्षमताको सानो ब्याट्री प्याक दिइनेछ।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २८ मंसिर २०७९, बुधबार