काठमाडौं ।
मोटोरोलाले आफ्नो नयाँ स्मार्टफोन मोटो एक्स ४० चिनियाँ बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। मोटो एक्स ४० आधिकारिकरुपमा सार्वजनिक हुनु अघिनै उक्त फोनको सम्पूर्ण विवरण इन्टरनेट मार्फत सार्वजनिक भईसकेको बताईएको छ। अहिले उक्त फोनको परफरमेन्स र केहि फिचरहरुको विवरणको जानकारीसहित गीकबेन्चमा देखा परेको उल्लेख गरिएको छ।
एक्सटी२३०१–५ मोडल नम्बर रहेको मोटोरोलाको नयाँ स्मार्टफोन हालै गीकबेन्च फईभको डाटाबेसमा देखा परेको माई स्मार्ट प्राईसले उल्लेख गरेको छ। उक्त फोन मोटो एक्स ४० ग्लोबल भेरिएन्ट अन्तरगतको मोटो एज ४० प्रो हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
फोनमा, ३.१९ गीगाहर्जको प्राईम कोर प्रोसेसरको साथै अक्टा–कोर प्रोसेसर, २.८० गीगाहर्जको चार ओटा कोरहरु र २.०२ गीगाहर्जका तीन ओटा कोरहरु रहेको लिस्टिङमा उल्लेख गरिएको बताईएको छ। फोनमा हालै मात्र लन्च गरिएको स्न्यापड्र्यागन ८ जेन २ को चिपसेट समावेस गरिएको बताईएको छ।
लिस्टिङमा उल्लेख गरिए अनुसार उक्त फोनले एन्ड्रोइड १३ सपोर्ट गर्ने र बोर्डमा १२ जीबी र्याम समाबेस गरिएको बताईएको छ। फोनले सिङ्गल–कोर राउन्डको टेस्टमा १४७१ अंक प्राप्त गरेको थियो भने मल्टि–कोर राउन्डको टेस्टमा ४६८३ अंक प्राप्त गरेको थिया। गीकबेन्चमा नयाँ स्मार्टफोन मोटो एक्स ४० को बरेमा यो भन्दा बढि केहि पनि विवरणहरु उल्लेख नभएता पनि मोटो एक्सटी २३०१–४ को एफसीसी लिस्टिङमा फोनले १२५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने उल्लेख गरिएको छ।
फोनको पछाडिको भागमा ५० मेगापिक्सेलको प्राईमेरी सेन्सर र ५० मेगापिक्सलकै अलट्रा वाईड लेन्स र १२ मेगापिक्सलको टेलिफोटो लेन्स समावेस गरि ट्रिपल क्यामरा सेटअप फिचर रहेको छ। त्यसैगरी फोनमा १६५ हर्जको रिफ्रेस रेट रहने अपेक्षा गरिएको उल्लेख गरिएको छ।
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार