Technology Khabar ९ जेष्ठ २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, ९ जेठ । गत वर्ष सामसंगको ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) पड्किने समस्या आएपछि कम्पनीले विभिन्न सुरक्षित डिभाइसहरु बजारमा सार्वजनिक गरिरहेको छ । यसैबेलामा कम्पनीले अर्को नोट फोनसेट कहिले ल्याउँछ भनेर सामसंग प्रेमीहरु कुरीरहेका छन् ।
हालै सामसंगको ग्यालेक्सी नोट ८ (Galaxy Note 8) को बारेमा नयाँ जानकारी आएको छ । हालै ग्यालेक्सी नोट ८ को बारेमा जानकारी दिने नयाँ तस्विर बाहिर आएको जसमा नोट ८ को डमी यूनिट देखाईएको छ ।
सार्वजनिक भएको यो भिडियोअनुसार सामसंग ग्यालेक्सी नोट ८ मा ड्यूअल रियर क्यामरा सेटअप राखिएको छ । यसअघि लीक भएका समाचार जस्तै यो स्मार्टफोनमा भर्टिकल आकारको डुयूल रियर क्यामरा सेटअप छ ।
चीनबाट लीक भएको तीन तस्विरहरुमा यसको डमी ३ डी प्रिन्टमा उपलब्ध छ । यो नोट ८ मा ६.३ इन्चको क्वाड एचडी प्लस डिस्प्ले हुन सक्नेछ, जसको रिजोल्यूशन २९६०x१४४० पिक्सेल छ । यसमा फिंगरप्रिन्ट स्क्यानर अग्रभागमा राखिने अनुमान छ । यसमा फिंगरप्रिन्ट स्क्यानरको फिचर रियर प्यानलमा छैन भने यो होम बटनमा समाहित हुन सक्ने अनुमान छ ।
फोनको टप बेजेलमा आईरिस स्क्यानर राखिएको छ भने यसको बायाँ तथा साइड प्यानलमा दुईवटा भोल्यूम बटन राखिएको छ । यसका साथै भोल्यूम बटनको तलपटि बिक्सबी एआईका लागि छुट्टै बटन छ । यसको दायाँभागमा पावर बटन राखिएको देखिन्छ ।
सामसंगको ग्यालेक्सी नोट ८ को बारेमा कयौं जानकारीहरु यसअघि पनि बाहिर आईसकेका छन् । जसअनुसार यसमा क्वालकम ८३५ चीपसेट तथा एक्सनोज ९ सिरिजको चीपसेट रहनेछ । त्यसैगरि सामसंग ग्यालेक्सी नोट ८ मा ६ जीबीको र्याम तथा २५६ जीबीको आन्तरिक स्टोरेज हुनसक्नेछ ।
एजेन्सी
प्रकाशित: ९ जेष्ठ २०७४, मंगलवार