सेगवेले उपत्यकामा १० वटा ईभी चार्जिङ स्टेशन जडान गर्ने

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
सेगवेले उपत्यकामा १० वटा ईभी चार्जिङ स्टेशन जडान गर्ने

काठमाडौं ।

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ। यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन्।

सेगवेको यो शुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने बताईएको छ। सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्ने कम्पनीको भनाई छ।

यो सुविधा फाइदामुलक हुनुका साथै प्रभावकारी हुनेछ किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ।

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ।

चार्जिङ स्टेशनको स्थापनासँगैे ग्राहकहरुको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्ने बताईएको छ।

उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुने कम्पनीको दाबी छ।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार