Technology Khabar १८ मंसिर २०७९, आईतवार
काठमाडौं ।
चिनियाँ कम्पनी शाओमी डेस्कटप पीसी (कम्प्युटर) बजारमा प्रवेश गर्ने भएको छ। स्मार्टफोनका लागि शाओमी चर्चित छ भने साथै कम्पनीको पोर्टफोलियोमा ल्यापटप पनि रहेको छ।
अहिले कम्पनीले विन्डोज पीसी बजारमा ल्याउने तयारी गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
शाओमीले डिसेम्बर १ को आयोजना गर्ने तयारी गरेको अनावरण कार्यक्रममा दुई पीसी डिजाइनहरु पनि समावेश गरिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व महासचिव जियाङ जेमिनको निधनको कारणले उक्त कार्यक्रम स्थगित भएको छ।
कार्यक्रमको नयाँ मिति तय हुन बाँकी छ।, यस्तोमा कम्पनीले दुई नयाँ पीसीको डिजाइनहरू ग्राहकहरुलाई अलि चाँडो चयन गर्न देखाइएको थियो।
दुई पीसीमध्ये शाओमी होस्ट मिनी पीसी एउटा सानो फारम फ्यक्टर (एसएफएफ) डिजाइन जस्तो देखिन्छ जुन बेरेबोन्स अवस्थामा देखाइएको छ। तस्बिरमा १०० वाट एक्सएम२२एएल५एक्स पीएसयू इन्स्टल गरिएको छ।
शाओमीले आफ्नो नयाँ पीसीलाई बेयरबोन्स किटको रुपमा बिक्री गर्नेछ।
त्यसैले यसका बाँकी हार्डवेयरहरु घोषणा हुन बाँकी छ।
अर्को मिनी पीसी हो। यो इन्टेल एनयूसी जस्तै म्याक मिनी फारम फ्याक्टर रहेको छ। यो एमडी रेजन ७ ६८००एच एपीयू र ४५ वाट चिप सहित रेडियन ६८०एम आरडीएनए२ आईजीपीयू, १६ जीबी र्याम मेमोरी र ५१२ जीबी स्टोरेज छ। यसको मूल्य ५७० अमेरिकी डलर हुने बताइएको छ।
प्रकाशित: १८ मंसिर २०७९, आईतवार