फक्सवागनको सेकेण्ड जेनेरसन आईडी.३ ईभी नयाँ डिजाईन र अपग्रेडको साथ आउँदै

  • Technology Khabar | १८ मंसिर २०७९, आईतवार
फक्सवागनको सेकेण्ड जेनेरसन आईडी.३ ईभी नयाँ डिजाईन र अपग्रेडको साथ आउँदै

काठमाडौं ।

फक्सवागनको ईलेट्रिक गाडीहरु परिपक्क भएको भन्दै कम्पनीले सेकेण्ड जेनेरसन मोडलहरु बजारमा ल्याउने तयारी गरेको छ। पहिलो भर्जनको आईडी.३ मा रहेको टेक्नोलोजीहरुको अपग्रेड गरी कम्पनीले उक्त ईभी रिडिजाईन गरेको छ। उक्त कम्प्याक्ट ईभीको बाहिरी डिजाईन आकर्षक भएको र गाडीको इनटेरियर उच्च स्तरीय रहेको उल्लेख गरेको छ।

त्यसैगरी ईभीमा १२ ईन्चको ठूलो इन्फोटेन्मेन्ट डिस्प्ले र दुई ओटा कप होल्र्डस राखिएको बताइएको छ। साथै ईभीमा सामानहरु राख्नको लागि हटाउन मिल्ने खालको रिमुवेबल लगेज कम्पार्टमेन्ट फ्लोर पनि राखिएको बताइएको छ।

नयाँ ईभी आईडी.३ ले कम्पनीको नयाँ सफ्टवेर प्रयोग गर्ने र उक्त टेक्नोलोजी ईभी  केन्द्रबिन्दु बन्ने उल्लेख गरिएको छ। ईभीमा प्रयोग भएको टेक्नोलोजी र सफ्टवेरले कहिले काहिँ हुने सुस्त पर्फमेन्सलाई बुस्ट गरी ओभर द एर अपडेटस् प्रदान गर्ने बताईएको छ। सहज ईभी चार्जिङ, एडेभटिप लेन गाइडेन्स र पार्किङ सुविधाहरु लगायत अन्य फिचरहरु छन्।

पूर्ण रुपमा परिमार्जिती गरिएको नयाँ ईभी आईडी.३ लाई भने कम्पनीले औपचारिक रुपमा २०२३ को प्रथम क्वाटरमा अनावरण गर्ने भनी बताईएको छ। उच्च मागका कारणले गर्दा अहिले गरिएका गाडीको प्री–अर्डरको डेलिभरी भने २०२३ को अन्तीम क्वाटरमा मात्रै शुरु गरिने बताईएको छ। नयाँ ईभी आईडी.३ को शूरुवाती मूल्य  ४३ हजार ६ सय अमेरेकी डलर कायम गरिएको उल्लेख छ।

यसैगरी विश्वको कुन बजारहरुमा नयाँ ईभी आईडी.३ ल्याईने भनेर कम्पनीले जानकारी नदिएको उल्लेख गरिएका छ।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार