
काठमाडौं ।
लामो प्रतिक्षा पछि टेस्लाको इलेक्ट्रिक सेमी ट्रक बजारमा आएको छ। टेस्लाले ५ वर्ष अघि इलेक्ट्रिक सेमी ट्रक घोषणा गरेको थियो।
टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको तीन वर्ष पुरानो डेलिभरी अहिले बल्ल शुरु गरेको छ।
टेस्लाले २०१९ देखि उत्पादन शुरु गर्ने भन्दै २०१७ मा इलेक्ट्रिक सेमी ट्रकको अवधारणा सार्वजनिक गरेको थियो। कम्पोनेन्ट अभाव र कोरोना महामारी गर्दा कम्पनीले तोकेको समयमा उत्पादन कार्यमा अवरोध झेल्नु परेको थियो। त्यसै ताका पेप्सी को। कम्पनीले एक सय थान ईलेक्ट्रिक सेमी ट्रक बुकिङ गरेर उत्त ट्रकको पहिलो ग्रहाक बनेको थियो। तर टेस्लाले डेलिभर गर्नू अघि रेनौल्टले आफ्नो ईलेक्ट्रिक डेलिभरी ट्रक कोका कोला कम्पनीलाई डेलिभरी गरेको थियो।
ट्रकको रियर एक्सलमा चार ओटा सोतन्त्र मोटरहरु जडान गरिएको छ। उक्त मोटरहरुको सहायताबाट ट्रकले २० सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घण्टाको गति लिन सक्छ। ट्रकको रेञ्ज ८०० किलोमिटर छ। इलेक्ट्रिक सेमी ट्रकको मूल्य १ लाख ५० हजार अमेरेकी डलर पर्ने बताइएको छ। वालमार्ट र फेडेक्स लगायत ठूला कम्पनीहरुले टेस्लालाई इलेक्ट्रिक सेमी ट्रकको अर्डर दिइएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
लेक्ट्रिक सेमी ट्रकमा १,००० भोल्टको पावरट्रेनको साथै ट्र्याक्सन कन्ट्रोल र अटोम्याटिक क्लच रहेको बताइएको छ।
प्रकाशित: १७ मंसिर २०७९, शनिबार