
काठमाडौं ।
सवारी उत्पादक बीएआईसी ग्रुप र चिनियाँ टेक कम्पनी ह्वावे मिलेर नयाँ ईभी ब्रान्ड लन्च गर्ने भएका छन्। बीएआईसी र ह्वावेले यस अघि पनि मिलेर कार बनाएका छन्। केही समयदेखि बीएआईसी ब्रान्ड अन्तर्गत बिक्री हुने गाडीमा ह्वावेले काम गरिरहको एरिनाईभीले उल्लेख गरेको छ।
ह्वावेले ड्राइभर असिस्टेन्ट टेक्नोलोजी र इन्फोटेनमेन्टको जिम्मा लिँदै आएको छ। यी दुई बीचको लामो समयदेखिको साझेदारीले नयाँ अटोमोटिभ ब्रान्डलाई जन्म दिनेछ।
आईटी होमको रिपोर्ट अनुसार दुई कम्पनीले नयाँ ब्राण्ड ल्याउने योजना बनाएका छन् तर यसपटक वितरणको जिम्मेवारी ह्वावेले लिनेछ। नयाँ ब्रान्ड विशेष रुपमा ह्वावेको पर्व शोरुमहरुको नेटवर्क मार्फत उपलब्ध गराइनेछ।
ह्वावेले आफ्नो ह्वावे ड्राइभवान प्लेटफर्म मार्फत प्राविधिक समाधानहरू प्रदान गर्नेछ भने बीएआईसीले उत्पादन आपूर्ति गर्नेछ।
नयाँ सवारी साधनमा प्रयोग गरिने प्लेटफर्मलाई जिहु भनिन्छ। यो वेन्जे र जिहु सवारीसाधनहरूमा प्रयोग हुने एउटै प्लेटफर्म हो। तर यसले जिहु ब्रान्डलाई प्रतिस्थापन गरिने देखिन्छ।
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार