
काठमाडौं ।
आगामी डिसेम्बर १ मा शाओमीले प्रोडक्ट लन्च सम्मेलन आयोजना गर्ने भएको छ। तर सम्मेलन अघि कम्पनीका अधिकारीहरुले फ्ल्यागसिप एमआई १३ सिरिजको स्मार्टफोनहरुको बारेमा केहि रोचक विवरणहरु बाहिर ल्याएको छ।
चिनियाँ माइक्रो ब्लगिङ वेबसाइट विवोको मार्फत एक लामो म्यासेजमा आउन लागेका हाई एन्ड स्मार्टफोनहरुको बारेमा शाओमीका सीईओ र संस्थापक लेई जुनले जनकारी दिएका छन्। शाओमी १३ सिरिजको ब्याट्री लाईफको भन्दा फोनको मोटाई र ग्रीप प्रति बढि चिन्तित भएको लेई जुनले बताएका छन्। शाओमी १३ मोडलमा ४,५०० एमएएचको ब्याट्री प्याक छ।
एक दिनभरीको डीओयू टेस्ट अनुसार शाओमी १३ को ब्याट्री स्कोर १.३७ रहेको उल्लेख गरिएको छ। एप्पल आईफोन १४ प्रो म्याक्सको स्कोर १.२८ रहेको उल्लेख गरिएको छ। शाओमी १३ सिरिजको फ्ल्यागसिप मोडलको स्कोर एप्पल आईफोन १४ प्रो म्याक्सको भन्दा धेरै राम्रो हो भनी शाओमीले दाबी गरेको छ।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार