टेस्लाको ८० हजार ईभी चीनमा फिर्ता बोलाइयो

  • Technology Khabar | १४ मंसिर २०७९, बुधबार
टेस्लाको ८० हजार ईभी चीनमा फिर्ता बोलाइयो

काठमाडौं ।

टेस्लाले चीनमा ८० हजार भन्दा बढी ईभी फिर्ता बोलाएको छ। यी मध्ये थोरै ईभी मात्र मर्मत गर्नु पर्ने देखिएको इन्साइडईभीले उल्लेख गरेको छ।

नोभेम्बर २५ मा चीनको स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसन (एसएएमआर) ले जारी गरेको विज्ञप्ति अनुसार चीनमा निर्मित र आयातित सवारी साधनहरूमा सफ्टवेयर र सिट बेल्टको समस्याका कारण फिर्ता बोलाइएको हो।

कुल प्रभावित ६७ हजार ६९८ सावरी साधनहरु मध्ये मोडल एस र मोडल एक्स चीनमा २०१३ सेप्टेम्बर २५ देखि २०२० नोभेम्बर २१ बीच चीनमा आयात गरिएका हुन्।

यी सवारी साधनहरूलाई ब्याट्री व्यवस्थापन प्रणालीलाई प्रभावित गर्ने सफ्टवेयरमा समस्या देखिएकाले फिर्ता बोलाइएको छ। यसले सवारी साधनलाई मर्मत र सुरक्षित रोक्नको आवश्यकता सहित चेतावनीहरू देखाउँछ।

घोषणा अनुसार चेतावनी पछि गाडीले बिस्तारै पावर आउटपुट बन्द गर्छ। जसले चरम अवस्थामा सवारी दुर्घटनाको जोखिमि बढाउन सक्छ र सुरक्षामा खतरा हुन सक्छ। रिकल गरिएका ईभीहरुका लागि ओभर द एयर (ओटीए)को सफ्टवेयर निःशुल्क अपग्रेड गरिनेछ।

टेस्लाले सम्भावित सिट बेल्टमा त्रुटि भएको भन्दै १२ हजार ८६३ मोडल ३ पनि रिकल गरेको छ। तीमध्ये २ हजार ७३६ आयातित कार जनवरी र नोभेम्बर २०१९ को बिचमा बनेका थियो भने १० हजार १२७ यूनिट २०१९ अक्टोबर १४ र २०२२ सेप्टेम्बर २० मा चीनमा बनेको थियो।

यी कारहरुको सिट बेल्टहरु जाँच गरेर पुन स्थापना गर्ने टेस्लाले बताएको छ। चीनमा फिर्ता बोलाइएको ८० हजार टेस्ला ईभीमध्ये करिब १६ प्रतिशत मात्र वास्तविक मर्मत गर्न आवश्यक छ।

प्रकाशित: १४ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार