काठमाडौं ।
अनरको दोस्रो फोल्डेबल र पश्चिमी मुलुकका लागि पहिलो फोल्डेबल अनर म्याजिक भीएस फाइभजी बुधबार चीनमा सार्वजनिक गरिएको छ।
अनर म्याजिक भीएस अनर म्याजिक भीको फलो अप हो। यी दुई फोनको फिचरमा धेरै भिन्नता नरहेको इनग्याजेडले उल्लेख गरेको छ।
नयाँ मोडलमा समान मापन, डिस्प्ले रिज्योल्युसन र कनेक्टिभीटी विकल्प रहेको छ। तर नयाँ फोनमा क्वालकम स्न्यापड्रागन ८ पल्स जेन १ र ठूलो ५००० एमएएच ब्याट्री पाउन सकिन्छ।
सबैभन्दा ठूलो भिन्नता भनेको विश्वसनीयतामा ध्यान केन्द्रित गर्नु हो। अनरले यसमा नयाँ गियर फ्रि हिङ र मेकानिजम भित्रको जटिल संयन्त्र कम गरेको छ।
फोटोका लागि भ्याजिक भीएसमा ५४ मेगापिक्सलको प्राइमेरी सोनो आइएमएक्स८०० सेन्सर रहेको छ। यो अनर ७० पनि छ।
यो ५० मेगापिक्सलको वाइड र म्याक्रो लेन्सका सािथै ८ मेगापिक्सलको ३ एक्स अप्टिकल जुम लेन्ससँग जोडिएको छ।
अनर म्याजिक भीएस नोभेम्बर २३ देखि चीनमा बिक्रीका लागि उपलब्ध हुनेछ। १ हजार ४८ अमेरिकी डलर मूल्य रहेको यस फोल्डेबल फोन ओरेन्ज, स्यान र ब्ल्याक कलरमा उपलब्ध छ। विश्व बजारमा सन् २०२३ को पहिलो क्वाटरमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार