
काठमाडौं ।
बेलायतको कम्पिटेसन वाचडगले एप्पल र गुगल मोबाइल ब्राउजरको बजार प्रभुत्वमा गहिरो अनुसन्धान शुरु गरेको छ। नियामकले अनुसन्धान थालेको एक महिनापछि कम्पिटेसन एण्ड मार्केट अर्थोरिटी (सीएमए)ले अध्ययन शुरु गरेको रोयर्टसले उल्लेख गरेको छ।
कम्पिटेसन र मार्केट अथुरिटीले मंगलबार जुनदेखिको आफ्नो परामर्शको प्रतिक्रियाले यस विषयमा पूर्ण अनुसन्धानको लागि सबस्टेन्सल सपोर्ट र कसरी आईफोन निर्माता एप्पलले आफ्नो एप स्टोर मार्फत क्लाउड गेमिङलाई प्रतिबन्धित गर्छ भन्ने प्रकट गरेको बताएको छ।
‘धेरै युके व्यवसाय र वेब विकासकर्ताहरुले बताउँछन् कि उनीहरुलाई एप्पल र गुगलद्वारा सेट गरिएको प्रतिबन्धहरुले रोकेको छ,’ सीएमएका अन्तरिम प्रमुख कार्यकारी सारा कार्डेलले एक विज्ञप्तिमा भने।
‘हामीले सुनेका चिन्ताहरू जायज छ कि छैन भनेर अनुसन्धान गर्ने योजना छ र यदि त्यसो हो भने, यी क्षेत्रहरूमा प्रतिस्पर्धा र नवीनता सुधार गर्न चरणहरू पहिचान गर्नुहोस्।’
सीएमएको जुनको योजनमा प्रक्रिया दिँदै गुगगले वाचडगसँग काम जारी राख्ने बताएको थियो।
एप्पलले मंगलबार भन्यो ‘सीएमएसँग रचनात्मक रुपमा संलग्न हुनेछ। र उपभोक्ताको गोपनियता र सुरक्षालाई सुनिश्चित गर्दै प्रतिस्पर्धा र छनौटलाई बढावा दिनेछ।’
प्रकाशित: ७ मंसिर २०७९, बुधबार