टेस्ला इभीसँग सोनी र होण्डाको संयुक्त प्रतिस्पर्धा, अब गाडीमा प्ले स्टेशन फाइभ राखिने

  • Technology Khabar | ५ मंसिर २०७९, सोमबार
टेस्ला इभीसँग सोनी र होण्डाको संयुक्त प्रतिस्पर्धा, अब गाडीमा प्ले स्टेशन फाइभ राखिने

काठमाडौं ।

टेस्ला कार सिस्टम अन्तरगत टेस्लाले आफ्नो गाडीमा सकेसम्म धेरै अत्याधुनिक फिचरलाई समावेस गरिरहेको हुन्छ र उसले उपलब्ध गराई रहेको फिचरहरुबाट यो सिद्ध भईसकेको छ। त्यसैगरी टेस्ला हरेक वर्ष आफूलाई परिमार्जित गरी आउने दिनहरुमा आफूलाई अझै अब्बल बनाउन चाहन्छ।

यहि कुरालाई ध्यानमा राखेर सोनी र होण्डाले संयुक्त रुपमा टेस्ला सरह भावी दिनहरुमा इलेक्ट्रिक गाडी उपलब्ध गराउने लक्ष्य लिएको छ। सोहि सिलसिलामा उनीहरुले आफूद्वारा निर्मित गाडीमा प्ले स्टेशन ५ अर्थात पीएस फाइभलाई समावेस गर्ने भएका छन्। यद्दपी ड्राइभिङ्ग सेफ्टीको हिसावले भने यो फिचर विवादस्पद विषय पक्कै हुनेछ।

गत सेप्टेम्बरमा जापानका दुई ठूला कम्पनी सोनी र होण्डाले संयुक्त रुपमा ‘सोनी होण्डा मोबिलिटी’ को स्थापना गरेका हुन्। उक्त कम्पनीले प्रोडक्टस् र ब्राण्डको नाम भने सार्वजनिक गरेका छैनन्। गाडीमा पीएस फाइभलाई समावेस गरी ‘सोनी होण्डा मोबिलिटीले अहिलेका विद्यमान कम्पनीहरुलाई प्रतिस्पर्धा दिइ इभी मार्केटमा आफ्नो छुट्टै पहिचान बनाउन तरखरमा जुटेकोछ।

होण्डा कम्पनीको पूर्व प्रमुख र हाल सोनी होण्डा मोबिलिटी कर्पका अध्यक्ष यासुहिडे मिजुनोले कम्पनीले अहिले कन्टेन्टलाई प्राथमिकता दिँदै उत्पादन प्रक्रियाको थालनी गरिसकेको बताएका छन्। कम्पनीले सन् २०२५ मा नर्थ अमेरिकामा आफ्नो पहिलो प्रोडक्टलाई लन्च गर्ने जानकारी उनले दिए।पीएस फाइभको मज्जा लिनको लागि स्वभाविक रुपमा गाडीमा अटोनोमस ड्राइभिङ्ग फिचर हुनेमा दुई मत नरहेको उनले थप बताए।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार