ताजा समाचार

ईयूले स्याटेलाइट संचार प्रणाली सुरक्षित गर्न २.४ अर्ब युरो खर्च गर्ने

ईयूले स्याटेलाइट संचार प्रणाली सुरक्षित गर्न २.४ अर्ब युरो खर्च गर्ने
फाइल तस्बिर
Global IME Bank

युरोपेली आयोगले स्याटेलाइट संचार प्रणाली सुरक्षित गर्न २.४ अर्ब युरो छुट्याएको छ।

युरोपेली आयोगले युनियन सुरक्षित कनेक्टिभिटी कार्यक्रम २०२३-२०२७ को लागि २.४ अर्ब यूरोको बजेट अनुमोदन गरेको हो।

सो कार्यक्रमले ईयूको स्याटेलाइट कन्स्टलेसन आइरिस (भूउपग्रहद्वारा लचिलोपन, अन्तरकनेक्टिभिटी र सुरक्षाको लागि पूर्वाधार) लाई तैनात गर्नेछ।

“युरोपको लागि सार्वभौम, स्वायत्त र सुरक्षित कनेक्सन पूर्वाधार विकास गर्नु सर्वोपरि छ,” ईयूले भन्यो।

Sajilo Visa
easy care