
काठमाडौं ।
उच्च-गतिमा डाटा स्थानान्तरणको लागि, आईफोनको अर्को संस्करणले थन्डरबोल्ट पोर्ट थप्न सक्छ। एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा यूएसबी टाइप सी पोर्ट राख्ने छ जसले कम्तिमा यूएसबी ३.३ वा थन्डरबोल्ट ३ लाई समर्थन गर्नेछ।
गिज्मोचाइनमा प्रकाशित एक रिपोर्टमा एप्पलका उत्पादनहरू अनुगमन गर्ने मिङ-चु कुओले यो खुलासा गरेका छन्। यद्यपी यसबारे कम्पनीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
थन्डरबोल्ट ३ पोर्टमा ४० जीबीपीएससम्मको ब्यान्डविथ हुन सक्छ, जसले धेरै छिटो डाटा स्थानान्तरणको लागि अनुमति दिन्छ। यसले प्रयोगकर्ताहरूलाई ठूला फाइलहरू ट्रान्सफरमा धेरै मद्दत गर्नेछ।
यस बाहेक, समाचारअनुसार, आईफोन १५ प्रो मोडलमा भोल्युम र पावर बटनहरू सोलिड स्टेट बटनहरूसँग प्रतिस्थापन गर्ने योजना छ।
इन्टरनेटमा लीक भएको जानकारी अनुसार आइफोन प्रो म्याक्सको सट्टा अब अल्ट्रा आइफोन बजारमा ल्याइनेछ। यसको अर्थ अर्को आईफोनको हाई-इण्ड संस्करण आईफोन १५ प्रो म्याक्सको साटो अल्ट्रा आईफोन १५ हुनेछ।
यसको लीक स्पेसिफिकेशनको बारेमा कुरा गर्दा, यसले टाइटेनियम बडी पाउने बताइएको छ जसले यसलाई प्रिमियम लुक दिनेछ। साथै, टाइटेनियमले फोनलाई पहिलेको भन्दा बलियो र हल्का बनाउनेछ। टाइटेनियम हाल आइफोनमा प्रयोग हुने सामग्रीभन्दा ३५ गुणा महँगो छ।
रिपोर्टका अनुसार अल्ट्रा आईफोन १५ मा डुअल फ्रन्ट क्यामरा देख्न सकिन्छ, जुन पहिलो पटक हुनेछ। यसको मूल्य पनि अहिलेसम्मका आईफोनको तुलनामा धेरै हुने अनुमान गरिएको छ।
प्रकाशित: ५ मंसिर २०७९, सोमबार