१५ मिनेटमा इलेक्ट्रिक गाडी फुल चार्ज हुने चार्जर सार्वजनिक

  • Technology Khabar | २९ कार्तिक २०७९, मंगलवार
१५ मिनेटमा इलेक्ट्रिक गाडी फुल चार्ज हुने चार्जर सार्वजनिक

काठमाडौं ।

एबीबीले तीब्र गतिमा इलेक्ट्रिक गाडी चार्ज गर्ने चार्जर सार्वजनिक गरेको छ।
एबीबीको नयाँ टेरा ३६० मोड्युलर चार्जर सार्वजनिक गरेको हो। यसमा एकै पटक डायनामिक पावर डिस्ट्रिब्युसनका साथ चार ओटा गाडी चार्ज गर्न सक्छ।

चालकले आफ्नो इलेक्ट्रिक गाडी चार्ज गर्न पहिलै नै चार्ज गरिरहेकालाई पर्खिनु पर्दैन। अर्को प्लगको मद्दतबाट ईभी चार्ज गर्न सकिन्छ।

नयाँ चार्जरको अधिकतम आउटपुट ३६० किलोवाट छ। यसबाट कुनै पनि इलेक्ट्रिक कार १५ मिनेट वा सोभन्दा कम समयमा चार्ज गर्न सकिने इक्वीमेन्टन्यूजले उल्लेख गरेको छ।

चार्जमा लाग्ने लामो समयका कारण धेरैले ईभीलाई अपनाउन सकिरहेका छैनन्। एबीबीको नयाँ टेरा ३६० मोड्युलर चार्जरले त्यस्ता ग्राहकलाई पनि ईभी प्रति आकर्षित गर्ने विश्वास गरिएको छ।

सन् २०१६ मा भएको पेरिस सम्झौता अनुसार एसिया प्यासिफिकका धेरै देशहरूले कार्बन उत्सर्जन कम गर्न उपायहरू अपनाएका छन्।

ई-मोबिलिटी र ईभी यस क्षेत्रभरि बढ्दो चासो भएको उद्योगहरू मध्ये एक हो। तर चार्जिङ पूर्वाधारको अभाव यस क्षेत्रका उपभोक्ताहरूका लागि प्रमुख चिन्ताहरू मध्ये एक हो।

‘यो एबीबीका लागि रोमाञ्चक दिन हो, जसले विद्युतीय सवारी छिटो चार्ज गर्ने विश्वव्यापी लिडर रहेको छ, कम कार्बन समाजलाई सक्षम बनाउन मुख्य भूमिका खेलिरहेको छ,’ एबीबीका चिफ कम्युनिकेसन एण्ड सस्टेनएबल अफिसर थियोडोर स्वेडजेमार्कले भने, ‘विश्वव्यापी सीओ२ उत्सर्जनको करिब पाँचौ भाग सडक यातायात रहेको छ।  पेरिस जलवायु लक्ष्य हासिल गर्न ई-मोबिलिटी महत्वपूर्ण छ। हामी हाम्रो १० हजार भन्दा बढी सवारी साधनहरूको सम्पूर्ण फ्लीटलाई उत्सर्जन नगर्ने सवारीहरूमा बदलेर उदाहरणको रूपमा नेतृत्व गर्नेछौं।’

२०२१ को अन्त्यबाट युरोपमा र २०२२ मा संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिका र एशिया प्यासिफिक क्षेत्रहरूमा उपलब्ध, टेरा ३६० लाई गति र सुविधाका साथै आराम, प्रयोगमा सहजता र परिचितताको भावना प्रदान गर्न डिजाइन गरिएको छ। यसले ईभी ड्राइभरहरूको आवश्यकताहरू पूरा गर्नेछ।

प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...