बीवाईडीले आफ्नो लग्जरी ब्राण्डका लागि कर्मचारी भर्ती गर्दै

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
बीवाईडीले आफ्नो लग्जरी ब्राण्डका लागि कर्मचारी भर्ती गर्दै

काठमाडौं ।

ब्रान्डको चिनियाँ नाम याङ्गवाङ पुष्टि भएपछि इलेक्ट्रिक भेहिकल कम्पनी बीवाईडीको प्रिमियम ब्रान्डले ठूलो संख्यामा भर्ती अभियान सुरु गरेको छ।

ब्रान्डले हाल उत्पादन योजना, प्रयोगकर्ता सञ्चालन, डिजिटल अनुभव, ब्रान्ड योजना, मार्केटिङ, मिडिया सम्बन्ध र खुद्रा बिक्री लगायत कुल २१ पदहरू उपलब्ध गराउँदै आएको एक पोस्टरमा उल्लेख गरिएको सीएनईभीपोस्टले रिपोर्ट गरेको छ।

“हामी बीवाईडीको प्रिमियम ब्रान्डको कार बिक्री व्यवसायको लागि जिम्मेवार नयाँ मोटर भेहिकल ब्रान्ड हौं,” पोस्टरमा लेखिएको छ।

आवेदकहरूसँग अटोमोटिभ उद्योग भित्र कम्तिमा तीन वर्षको अनुभव हुन आवश्यक छ, फेसन र लक्जरी उद्योग वा हाई-इण्डको मोटर भेहिकल उद्योगमा अनुभव भएकाहरूलाई प्राथमिकता दिनेछ।

यी पदहरूका लागि कार्य विवरणहरूले सुझाव दिन्छ कि याङवाङले प्रयोगकर्ता सञ्चालनहरूमा बलियो ध्यान केन्द्रित गर्दै हाई-इण्डका उपभोक्ताहरूलाई लक्षित गर्नेछ।

नोभेम्बर ८ मा बीवाईडीले आधिकारिक रूपमा आफ्नो प्रिमियम कार ब्रान्डको चिनियाँ नाम घोषणा गर्यो -‘याङ्गवाङ्ग’, जसको शाब्दिक अर्थ “हेर्नु” हो।

ब्रान्डको आधिकारिक सुरुवात सन् २०२३ को पहिलो क्वाटरमा हुने अपेक्षा गरिएको छ, जब यसको पहिलो हार्डकोर अफ-रोड मोडेल अनावरण गरिनेछ।

ब्रान्डका उत्पादनहरूको मूल्य ८ लाख युआन ( १लाख ११ हजार ३०० डलर) हुने अपेक्षा गरिएको छ, सान्दर्भिक मोडेलहरू लन्च हुँदा विशिष्ट मूल्यहरू घोषणा गरिने रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...