१५० किलोमिटर रेञ्ज प्रदान गर्ने ईसाइकल सार्वजनिक

  • Technology Khabar | २६ कार्तिक २०७९, शनिबार
१५० किलोमिटर रेञ्ज प्रदान गर्ने ईसाइकल सार्वजनिक

काठमाडौं ।

बजारमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकलका साथै इलेक्ट्रिक साइकलको माग पनि बढ्दो क्रममा छ। इलेक्ट्रिक साइकल उत्पादन गर्ने स्टार्टअप कम्पनी भोल्टराइडरले आफ्नो नयाँ इलेक्ट्रिक साइकल ‘बूटी’ सार्वजनिक गरेको छ।

यस इलेक्ट्रिक साइकलको डिजाइन मोपेड जस्तै छ। यो प्याडल तथा मोटर दुबैबाट सञ्चालन हुन्छ।

कम्पनीले तीन भेरियन्ट बूटी १२०, बूटी ६० र बूटी ३० मा आफ्नो इलेक्ट्रिक साइकल सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

सबै साइकलमा प्याडल असिस्ट फिचर दिइएको छ।

बूटी १२० टप मोडलमा कम्पनीले ३६ एएच ब्याट्री प्याक दिएको छ। फुल चार्जबाट ९० देखि १०० किलोमिटर र प्याडल असिस्ट मोडबाट १३० देखि १५० किलोमिटर रेञ्ज प्राप्त गर्न सकिन्छ। कम्पनीले बूटी १२० को मूल्य ४५ हजार भारु तोकिएको छ।

बूटी ६० मा २४ एएच लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। ब्याट्रीबाट ५५ देखि ६० किलोमिटर र प्याडल असिस्टबाट ७५ देखि ८० किलोमिटर रेञ्ज प्राप्त गर्न सकिन्छ। यसको मूल्य ३७ हजार भारु तोकिएको छ।

बूटी ३० को मूल्य ३० हजार भारु तोकिएको छ। ब्याट्रीबाट २५ देखि ३० किलोमिटर र प्याडल असिस्ट मोडबाट ४५ देखि ५० किलोमिटरसम्म साइकल चलाउन सकिन्छ।

बूटीका तीन ओटै इलेक्ट्रिक साइकलमा दुई जना बस्न मिल्ने सिट दिइएको छ। यस साइकलाई प्यासेन्जरका साथै डिलिभरीका लागि प्रयोग गर्न सकिन्छ।

अधिकतम स्पीड २५ किलोमिटर प्रति घण्टा रहेको साइकललाई फुल चार्ज गर्न साढे ३ घण्टा लाग्छ। बूटी १२० मा फिक्स्ड ब्याट्री दिइएको छ भने बूटी ६० र बूटी ३० मा रिमूवेबल ब्याट्री लगाइएको छ।

यी साइकलले १४० किलोग्राम तौल उठाउन सक्षम भएको कम्पनीको दाबी छ।

प्रकाशित: २६ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार