अनरले दराज ११:११ मा ल्यायो आकर्षक अफर

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार

काठमाडौं ।

अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले दराज ११:११ को अवसरमा विभिन्न प्रकारको आकर्षक अफरहरु लिएर आएको छ।

नोभेम्बर ११ देखि सुरुवात हुन गईरहेको दराज ११:११ को लागि अनरले छुट तथा उपहारको अफर लिएर आएको हो।

दराज ११:११ को मुख्य आकर्षण निशुल्क गिफ्ट हो। त्यसैले अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक नि:शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ।

कम्पनीकाअनुसार अनर एक्स ७, अनर एक्स८ वा अनर ५० लाईटको कुनै पनि खरिदमा अनर ईयरबर्डस एक्स३ लाइट नि:शुल्क पाउनेछन् साथै अनर एक्स ९ को खरिदमा अनर ब्यान्ड ६ नि:शुल्क पाउनेछन्।

साथै अनर नेपालले आफ्ना एक्सेसरिजमा पनि आकर्षक छुट दिएको जनाएको छ ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार