अनर ८० सिरिजमा १६० मेगा पिक्सल क्यामरा प्रयोग हुने

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
अनर ८० सिरिजमा १६० मेगा पिक्सल क्यामरा प्रयोग हुने

काठमाडौं ।

केही समयदेखि अनर ८० सिरिजमा २०० मेगा पिक्सलको क्यामरा प्रयोग हुने रिपोर्ट आइरहेको थियो।

चर्चित विवो टेक ब्लगर एटदरेट डीसीएसको हालैको रिपोर्टले यस्तो नहुन सक्ने भनेर दाबी गरेको गिगचाइनाले उल्लेख गरेको छ।

उनले अनर ८० सिरिजले क्यामरा, स्क्रिन र पर्फमेन्समा अपग्रेड आउने बताएका छन्। उनले अनर ८० सिरिज १६० मेगापिक्सल मुख्य क्यामराका साथ आउने दाबी गरेका छन्।

यो सिरिजले क्वालकम स्न्यापड्रागन ८प्लस जेन १ फ्ल्यागशिप प्लेटफर्म प्रयोग गर्नेछ।

क्यामराको अपग्रेडको रुपमा पछाडिको क्यामरा मात्र हुने छैन फ्रन्टमा पनि ५० मेगा पिक्सलको डुलअ क्यामरा दिइनेछ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • २४ कार्तिक २०७९, बिहीबार