भारतीय शहरमा केहि मिनेटमै विद्युतीय स्कुटर जलेर खरानी

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
भारतीय शहरमा केहि मिनेटमै विद्युतीय स्कुटर जलेर खरानी

काठमाडौं ।

छिमेकी देश भारतमा विद्युतीय सवारीसाधनमा आगलागीका घटनामा कुनै कमी आएको देखिँदैन । विगत केही महिनामा, विद्युतीय सवारी साधनमा आगलागीका धेरै घटनाहरूको समाचार आएका छन् र कतिपय दुःखद दुर्घटनाहरूमा मृत्युसमेत भएका छन्। हाल फेरी, भर्खरको घटना ओडिशाको सोनपुरबाट आएको छ, जहाँ इलेक्ट्रिक स्कुटरको ब्याट्री प्याकमा आगो लाग्यो।

डिशबाईट्सको रिपोर्टकाअनुसार, ओडिशामा एक इलेक्ट्रिक स्कुटरमा अचानक आगो लाग्यो। विद्युतीय स्कुटरको ब्याट्री प्याकमा विष्फोट भएपछि आगलागी भएको बताइएको छ। सोमबार बिहान दुर्घटना भएको बताइएको छ। घटना उलुन्डा ब्लक अफिस नजिकै भएको हो, जुन ओडिशाको सोनपुर जिल्लाको हिस्सा हो।

उलुन्डाका रविनारायण सेनापतिले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन पसल अगाडि पार्क गरेर किनमेल गर्न गएको बेलामा आगलागी भएको रिपोर्टमा उल्लेख छ। त्यसपछि ब्याट्री प्याक विस्फोट भयो। दमकल पुग्नुअघि नै स्कुटरमा आगो लागेको थियो। विस्फोटको कारण भने खुल्न सकेको छैन । यसबाहेक, यो विद्युतीय स्कुटर कुन कम्पनीको हो भन्ने बारे अहिले कुनै जानकारी छैन।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार