टाटा नेक्सन ईभी ५० हजार यूनिट रोलआउट

  • Technology Khabar | २३ कार्तिक २०७९, बुधबार
टाटा नेक्सन ईभी ५० हजार यूनिट रोलआउट

काठमाडौं ।

भारतीय सवारी उत्पादक टाटा मोटर्सले ५० हजार यूनिट इलेक्ट्रिक कार उत्पादन गरेको छ। कम्पनीले पुणे स्थिति प्लान्टबाट ५० हजार यूनिट टाटा नेक्सन ईभी रोलआउट गरेको अटोकारइन्डियाले उल्लेख गरेको छ।

टाटा नेक्सन ईभी भारतमा सर्वाधिक बिक्री हुने इलेक्ट्रिक सवारीका साथै सस्तो एसयूभी हो।

टाटा नेक्सन ईभी दुई ट्रिम्स टाटा नेक्सन ईभी प्राइम र टाटा नेक्सन ईभी म्याक्समा उपलब्ध छ। साथै कम्पनीले टाटा टियागो ईभी र टाटा टिगोर ईभी पनि बिक्री गरिरहेको छ। प्यासेन्जर ईभी सेग्मेन्टमा टाटा भारतको सबै भन्दा ठूलो कम्पनी हो।

यस उपलब्धिमा टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेड तथा टाटा प्यासेन्जर इलेक्ट्रिी मोबिलिटी लिमिटेका प्रबन्ध निर्देशक शैलेश चन्द्राले भने, ‘देशमा इलेक्ट्रिक सवारी सेगमेन्टलाई सफल बनाउने दायित्वमा हामीमा थियो। हामी अब ईभीलाई आत्मसाथ गर्ने बाधा क मगर्न सक्षम भएका छौं। हामीले ग्राहका लागि सरल, लागत प्रभावी समाधान प्रदान गर्नका लागि टाटा समूहको कम्पनीका साथै सम्पूर्ण ईभी परिस्थिति तन्त्र बनाएका छौं।’

प्रकाशित: २३ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आईफोन नदिएको निहुँमा साथीको हत्या

  • Technology Khabar
  • २३ कार्तिक २०७९, बुधबार