
काठमाडौं ।
भारतको इलेक्ट्रिक सवारी स्टार्ट अप एथर इनर्जीले अक्टोबर २०२२ मा ८ हजार २१३ इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। ड्राइभस्पार्कका अनुसार कम्पनी आफ्नो बिक्री तथ्यांकमा सार्वजनिक गर्दै यस विषयको जानकारी दिएको हो।
गत वर्षको अक्टोबरको तुलनामा चालु वर्षको अक्टोबरमा कम्पनीको बिक्री १२२ प्रतिशतले बढेको छ। कम्पनीले पहिलो पटक एक महिनामा ८ हजार युनिटभन्दा धेरै इलेक्ट्रिक स्कुटर बिक्री गरेको हो।
सेक्टेम्बर २०२२ को तुलनामा कम्पनीले अक्टोबरमा १०.५ प्रतिशत अधिक इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। सेक्टेम्बर २०२२ मा कम्पनीले ७ हजार ४३५ यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको थियो।
गत महिना एथर इनर्जीले भारतभर ५०० भन्दा धेरै एथर फास्ट चार्जिङ स्थापना गरिसकेको छ। तिहारको समयमा कम्पनीले बैगलोरमा एथर४५० एक्स २५० यूनिट एक दिनमै डिलेभरी गरेको छ।
आगामी ३ वर्षमा कम्पनीले भारतभर ५ हजारभन्दा धेरै चार्जिङ स्टेशन जडान गर्ने योजना बनाएको छ।
एथर ४५० एक्सको मूल् १ लाख ३९ हजार भारु (एक्स शोरुम, दिल्ली), एथर ४५० प्लसको मूल्य १ लाख १७ हजार भारु (एक्स शोरुम, दिल्ली) तोकिएको छ।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार