काठमाडौं ।
सोनीले सन् २०२३ मा ६ ओटा एक्सपेरिया स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। रेडिट प्रयोगकर्तालाई उल्लेख गर्दै गिज्मोचाइनाले सोनीका यी सबै स्मार्टफोनमा स्न्यापड्रागन चिपसेट दिइने लेखेको छ।
सन् २०२३ का सोनीका स्मार्टफोन मोडल नम्बर एएम-१४२एक्स-बीभी, पीएम-१४३एक्स-बीभी, पीएम-१४४एक्स-बीभी, पीएम-१४५एक्स-बीभी, पीएम-१४६एक्स-बीभी र पीएम-१४६एक्स-बीभीमा आउनेछन्।
यी डिभाइसमध्ये ३ ओटामा स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्म, २ डिभाइसमा स्न्यापड्रागन ४ जेन १ र एउटामा स्न्यापड्रागन ६ जेन १ दिइनेछ।
सम्भवत एक्सपेरिया १ भी, एक्सपेरिया ५ भी र एक्सपेरिया प्रो २०२३ मा एसडी८जी२ चिप हुन सक्छ।
सन् २०२० मा सोनीले स्न्यापड्रागन ८६५ चिपमा एक्सपेरिया प्रो सार्वजनिक गरेको थियो। स्न्यापड्रागन ८८८ चिप सेटको एक्सपेरिया प्रो आई सन् २०२१ मा सार्वजनिक गरिएको थियो।
चालु वर्ष सहिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा जापानी कम्पनीले स्न्यापड्रागन ८ जेन १/८ प्ल जेन १ एक्सपेरिया प्रो मोडल सार्वजनिक गर्ने योजनामा देखिएको छैन।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार