
काठमाडौं ।
धेरै विश्वव्यापी कार निर्माता ब्राण्डहरुले सन् २०३० सम्ममा विद्युतीय सवारीसाधनमा स्विच गर्ने प्रतिवद्धता गरेका छन्। बढ्दो जलवायु परिवर्तनसँग लड्न सन् २०३० सम्म शून्य उत्सर्जन गर्ने प्रतिबद्धतामा कार उत्पादकहरु रहेका छन्।
कार उत्पादक भोल्भो ग्रुपले पनि २०३० का लागि प्रतिबद्धता गरेको छ।
कम्पनीले अस्ट्रेलियाले सन् २०२६ सम्म ईभी मात्र बिक्री गर्ने घोषणा गरेको छ। सन् २०३० सम्म भोल्भोले अस्ट्रेलियमा ईभीलाई थप उचाइमा पुर्याउने विश्वास लिएको क्लीनटेक्निकाले उल्लेख गरेको छ।
भर्खरै अस्ट्रेलियामा नयाँ सी४० रिचार्ज भोल्भोको पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक स्टीफन कोनरले अस्ट्रेलियामा २०२६ सम्ममा विद्युतीय सवारीसाधनहरु उत्पादन र बिक्री गर्ने नयाँ प्रतिबद्धता जाहेर गरेका हुन्।
आन्तरिक कम्बसन इन्जिनका कारहरुमा दीर्घकालीन भविष्य नभएकाले यो निर्णय गरिएको कोनरले बताए।
युरोप तथा अमेरिकाका तुलनमा अस्ट्रेलियामा ईभी प्रयोगमा ब्यापकता देखिएको छ। अस्ट्रेलियन नागरिकहरु पनि ईभी प्रति आकर्षित हुने विश्वासका साथ कम्पनीले यो निर्णय गरेको हो।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार