गिलीको जीकर ब्राण्डले २०२३ देखि युरोपमा इलेक्ट्रिक गाडी बिक्री गर्ने

  • Technology Khabar | २० कार्तिक २०७९, आईतवार
गिलीको जीकर ब्राण्डले २०२३ देखि युरोपमा इलेक्ट्रिक गाडी बिक्री गर्ने

काठमाडौं ।

झेजियाङ्ग गिली होल्डिङ समूहको प्रिमियम इलेक्ट्रिक कार व्यवसायले अर्को वर्ष युरोपमा जीकर (Zeekr) ब्रान्ड अन्तर्गत उत्पादित पहिलो विद्युतीय गाडी बेच्ने योजना बनाएको छ।

जीकरका सीईओकाअनुसार अर्को वर्ष बीवाईडी, एक्सपेङ्ग र ग्रेट वाल मोटर्स सहित युरोपमा विद्युतीय सवारी साधनको बिक्री सुरु गर्न वा विस्तार गर्न खोज्ने चिनियाँ अटोमेकरहरूको बढ्दो सूचीमा सामेल हुनेछ।

भोल्भो, पोलेस्टारका मालिक र मर्सिडिज बेन्जका लगानीकर्ता गिलीले २०२१ मा युवा ग्राहकहरूलाई लक्षित गरी प्रिमियम ब्रान्डको रूपमा जीकर लन्च गरे।

गिलीको सूचीबद्ध इकाई गिली अटोमोबाइलले यस हप्ताको सुरुमा जीकरलाई बढाउने र व्यापार बिस्तार गर्ने योजना बनाएको छ।

जीकरका सीईओ र गिलीका अध्यक्ष आन कोङ्गुईले गिलीले अर्को वर्ष युरोपमा यसको ००१ इलेक्ट्रिक क्रसओभर बजारीकरण गर्ने बताए।

बेस मोडेल जीकर ००१ चीनमा ४१ हजार डलरको बराबरमा बिक्री हुन्छ तर यसले विदेशको लागि भने मूल्य खुलाएको छैन्।

प्रकाशित: २० कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

इलन मस्कले खरिद गरे ग्यास टर्बाइन कम्पनी

  • Technology Khabar
  • २० कार्तिक २०७९, आईतवार
Desktop Popup ImageMobile Popup Image×