शाओमी १२एस अल्ट्रा कन्सेप्ट सार्वजनिक, डिट्याजएबल लाईका एम सिरिज लेन्स दिइने

  • Technology Khabar | १९ कार्तिक २०७९, शनिबार
शाओमी १२एस अल्ट्रा कन्सेप्ट सार्वजनिक, डिट्याजएबल लाईका एम सिरिज लेन्स दिइने

काठमाडौं ।

शाओमीले नयाँ स्मार्टफोन शाओमी १२एस अल्ट्रा कन्सेप्ट एडिसन सार्वजनिक गरिरहेको छ। शाओमी १२एस अल्ट्रा कन्सेप्ट एडिसन उत्पादनकै चरणमा रहेका गिज्मोचाइनाले उल्लेख गरेको छ।

फोनमा एक अद्वितीय रियल क्यामरा सेटअप छ। जुन परिष्कृत फोटोग्राफीका लागि एट्याच गर्न मिल्ने लाईका लेन्स दिइनेछ।

चिनियाँ कम्पनीले भर्खर आफ्नो आधिकारिक विवो एकाउन्टमा नयाँ टिजर भिडियो र इमेज पोस्टर सेयर गरेको छ। टिजरका आधारमा आगामी ह्यान्डसेट हाइ एण्ड मोडल र क्यामरा फोटोग्राफीलाई विशेष प्राथमिकता दिइएको पाउन सकिन्छ।

चिनियाँ माइक्रोब्लगिङ वेबसायटमा रहेको टिजरमा नयाँ स्मार्टफोनको पछाििड १ इन्चको प्राइमरी क्यामरा सेन्सर रहेको बताइएको छ। यद्यपि, यो सेन्सरलाई डेडिकेटेड लाईका एम सिरिज लेन्सले थप पूर्णता दिनेछ। जुन ठूलो रियल क्यामरा मोड्युलबाट अलग गर्न सकिन्छ।

रिपोर्टका अनुसार शाओमी नयाँ १२एस अल्ट्रा कन्सेप्ट एडिसनले फोटोग्राफी कार्यसम्पादन बढाउन स्मार्टफोनमा पूर्ण लाईका क्यामार लेन्स स्थापना गर्ने पहिलो कम्पनी हो।

नयाँ लेन्सले डिभाइसलाई फ्ल्यागसिप स्तरको स्मार्टफोन अनुभवका साथै व्यावसायिक फोटोग्राफी उपकरण प्रदान गर्न मद्दत गर्ने कम्पनीको दाबी छ। स्माफोनको स्पेसिफकेसनको बारेमा पूर्ण विवरण भने प्राप्त भइसकेको छ।

प्रकाशित: १९ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis astronauts pass half-way point on way to Moon

  • Technology Khabar
  • १९ कार्तिक २०७९, शनिबार