बिक्री शुरु भएको पहिलो दिनमै रेडमी प्याड ७५ हजार यूनिट बिक्यो

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
बिक्री शुरु भएको पहिलो दिनमै रेडमी प्याड ७५ हजार यूनिट बिक्यो

काठमाडौं ।

रेडमी प्याड विश्वव्यापी रुपमा अक्टोबरको शुरुवातमा सार्वजनिक भएको थियो।

चीनमा भने गत हप्ता मात्र ट्याब्लेट सार्वजनिक भएको थियो। बिक्री खुल्ला भएको पहिलो दिनमै रेडमी प्याडको बिक्री आक्रमक भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

रेडमीले २८ घण्टासम्म चलेको पहिलो दिनको सेलमा ७५ हजार युनिटभन्दा बढी रेडमी प्याड बेचेको बताएको छ। विश्वव्यापी रुपमा ट्याब्लेटको ढुवानी गत वर्षको तेस्रो क्वाटरको तुलनामा ८.८ प्रतिशतले घटेको छ।

४ जीबी र्याम र १२८ जीबी स्टोरजेको मूल्य १७८ अमेरिकी डलर तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २०६ अमेरिकी डलर तोकिएको छ।

डिभाइसमा १०.६ इन्चको एलसीडी डिस्प्ले दिइएको छ। जसले २००० वाई १२०० पिक्सलमा ९० हर्ज रिफ्रेस रेट प्रदान गर्छ।

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...