
काठमाडौं ।
बीएमडब्ल्यू ग्रुपका अध्यक्ष ओलिभर जिप्सेले अटोमेकरले छिट्टै हाइड्रोजन सावरी बजारमा ल्याउने विश्वस्त रहेको बताएका छन्।
अध्यक्ष जिप्सेले यस दशकको अन्त्यसम्ममा कम्पनीले ब्याट्री इलेक्ट्रिकको विकल्पको रुपमा हाइड्रोज कार मोडल ल्याउने बताएको हाइड्रोजनफ्यूलन्यूजले उल्लेख गरेको छ।
हाल विद्युतीय सवारीको चर्चा र प्रयोग बढ्दो क्रममा छ। एक दशक भित्रमा विद्युतीय सवारीहरु आफ्नो चरम उत्कर्षमा पुग्ने र त्यस विन्दुपछि हाइड्रोजन कार सडकको सान हुने जिप्सेले बताए।
उनले एच२ द्वारा सञ्चालित हुने ‘हिप’ सवारीहरु मध्ये एक बीएमडब्ल्यूको आफ्नो कारखानाहरुबाट रोल आउट हुन धेरै समय नलाग्ने बताएका छन्।
उनले औंल्याए विद्युतीय सवारी साधनहरुको आकर्षण हुँदा पनि सबैले विद्युतीय सवारी चढ्न चाहेका छैनन् तथा तिनीहरु सबै स्थान र परिस्थितिहरुका लागि उपयुक्त छैनन्।
प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार