काठमाडौं ।
इलेक्ट्रिक सवारीसाधन नयाँ अवधारण हैन। तर नयाँ प्रविधि र वातावरण तथा भावी पुस्ता दुवैका लागि बढ्दो चासोका कारण इलेक्ट्रिक सवारीसाधनलाई अपनाउने र रुचि विगत दशकमा बढेको देखिन्छ।
विश्वका धेरै देशले सवारीसाधनबाट उत्पन्न हुने प्रदुषणका लागि क मगर्नका लागि नेट जिरो अवधारणा अघि सारेका छन्। विद्युतीय सवारीमा उपभोक्ताको रुचि बढाउन धेरै देशले करका दरमा छुट, खरिदमा सहुलियत, प्लान्ट स्थानमा सहुलिय लगायत सुविधा दिँदै आएका छन्। यसले पनि विद्युतीय सवारी प्रति उपभोक्ताको रुचि बढाउन सहयोग पुर्याइरहेको छ।
इलेक्ट्रिक सवारीको प्रयोग बढेसँगै यसमा समस्याहरु पनि देखा परिरहेका छन्। यसको प्रमुख समस्याको रुपमा आगलागी रहेको छ। आगलागीका घटना विद्युतीय सवारी मात्र नभई डिजल, पेट्रोल र ग्यासोलाइन इन्जिनका सवारीमा पनि उत्तिकै जोखिम हुन्छ। तर विद्युतीय सवारी धेरैका लागि नयाँ र यसमा हुने आगलागी निभाउन गाह्रो हुने गर्छ। यसले गर्दा पनि विद्युतीय सवारीमा हुने आगलागीका घटनाले मिडियामा बढि प्राथमिकता पाउने गरेको छ।
खराब नभएसम्म लिथियम आयन ब्याट्री सुरक्षित
लिथियम आयन ब्याट्रीहरु आधुनिक प्रविधिमा सर्वव्यापी छन्। यसको प्रयोग स्मार्टफोनदेखि, वायरलेस सेभर, रिमोट कन्ट्रोल कार, ड्रोन र घरेलु सौर्य शक्ति भण्डारण प्रविधिमा प्रयोग भइरहेको छ। प्रविधिको कुरा गर्दा लिथियम आयनलाई सुरक्षित मानिन्छ। जबसमम यसमा केहि गलत हुँदैन।
सामान्यता सुरक्षित हुँद पनि लिथियम आयन ब्याट्रीहरुमा आगो लाग्न सक्छन्। यदि यिनीहरुमा क्षति भए, ब्याट्री सर्ट सर्किट, उत्पादनमा डिफल्ट वा फुटेर यसमा थर्मल रनअवे निम्तिएर आगलागी हुन सक्छ। थर्मल रनअवेले लिथियम आयन ब्याट्री आगलागीलाई खतरनाक बनाउँछ। थर्मल रनअवे आन्तरिक वा बाहिरी सर्ट सर्किट, ओभर चार्जिङ, अत्याधिक एम्पेरेजमा ब्याट्री चार्ज गर्दा हुन सक्छ।
थर्मल रनअवेको समयमा त्यहाँ एक चेन प्रक्रिया हुन्छ र जसले ब्याट्रीको तापक्रम द्रुत रुपमा बढाउँछ। जसको परिणामस्वरुप ब्याट्री भित्रका कोशिकाहरुको नजिकै ह्रास हुन्छ र तिनीहरुमा भण्डारण गरिएको ऊर्जा गर्मीको रुपमा तुरुन्तै खर्च हुन्छ।
थर्मल रनअवे हुँदा तापक्रम ३६३२ डिग्री फरेनहाइटसम्म पुग्न सक्छ। यस्तोमा आगलागी भयो भने नियन्त्रण गर्न निकै कठिन हुन्छ।
लिथियम आयन ब्याट्रीमा आगो निभाउन गाह्रो
साना लिथियम आयन ब्याट्रीहरुलाई पारम्परिक माध्यम (पानीले डुबाएर)बाट बाहिर निकाल्न सकिन्छ। विद्युतीय सवारीमा प्रयोग हुने ठूला ब्याट्रीका हकमा यो लागु हुँदैन।
लिथियममा आगलागी हुँदा विशेष रसायनहरुको आवश्यक पर्छ किनभने लिथियम पानीको सम्पर्कमा आउँदा आक्रमक रुपमा अक्सिडाइज हुन्छ।
टेस्ला मोडल ३ स्ट्यान्डर्ड रेञ्ज ६० किलोवाट आवरमा उपलब्ध छ। यदि यो थर्मल रनअवेको बिन्दुमा पुग्यो र आगलागी भएर निभाउनु पर्यो भने आगो निभाउने सामग्री आवश्यक पर्नेछ।
ब्याट्री युनिभर्सिटीले आगो लागेको ईभीलाई निभाउन एबीसी ड्राई केमिकल, तामाको पाउडर, सीओ२, निभाउने फोम, पाउडर ग्रेफाइट वा सोडियम कार्बोनेटमा उाधारित निभाउने उपकरणहरु प्रयोग गर्न सफिरिस गर्छ।
के नियमित कारको तुलनामा ईभीमा आगलागीको सम्भावना बढी छ?
ब्याट्रीहरुमा हुने क्षति जस्तै पन्चर, सर्ट सर्किट, वा चापबाट फुट्ले लगायत कारणले ईभी ब्याट्रीमा आगो निम्त्याउन सक्छ। टेस्लाले विद्युतीय सवारीसाधनमा हुने आगलागीको बारेमा धेरै सुरक्षा डाटा प्रकाशित गर्दछ।
टेस्लाले प्रकाशित गरेको २०१२ देखि २०२१ को बीचमा कम्पनीका सवारीसाधन २१० मिलियन माइल सञ्चालन हुँदा एउटा ईभीमा आगलागी भएको छ।
तुलना गर्दा इन्जिन दहन सवारी साधन प्रत्येक १९ मिलियन माइल सञ्चालन गर्दा एउटामा आगो लाग्छ। टेस्लाको रिपोर्टमा आन्तरिक दहन इन्जिन भन्दा १० गुणा कम आगो लाग्ने सम्भावना देखिन्छ।
टेस्लाको डाटाले मात्रै सम्पूर्ण विवरण बताउँछ भन्ने छैन। टेस्ला विश्वमा सबैभन्दा बढि बिक्री हुने ईभी हो भने बाँकी निर्माताहरुको डाटा भने उपलब्ध छैन।
यूएस नेशनलफायर प्रोटेक्शन एसोसिएसननले २०२० मा सार्वजनिक गरेको रिपोर्ट अनुसार आन्तरिक दहन इन्जिन वाहनहरुमा धेरै जस्तो सवारी आगो उमेर र मेकानिकल तथा विद्युतीय त्रुटिहरुको कारणले भएको थियो। उक्त रिपोर्टमा सडकमा रहेको धेरै विद्यूतीय सवारीसाधनहरु विद्युतीय त्रुटिहरु प्रदर्शन गर्न पर्याप्त पुरानो भएका छैनन्।
विद्युतीय सवारीसाधनको उमेर बढ्दै जाँदा आगलागीको जोखिम अझै बढ्ने सम्भावना रहन्छ।
स्ल्याशगियरबाट
प्रकाशित: १४ कार्तिक २०७९, सोमबार