शाओमीको वित्तीय सेवा भारतमा बन्द

  • Technology Khabar | १२ कार्तिक २०७९, शनिबार
शाओमीको वित्तीय सेवा भारतमा बन्द

काठमाडौं ।

शाओमीले भारतमा आफ्नो वित्तीय सेवाहरु बन्द गरेको छ। भारतमा भुक्तानी र उधारो एप सेवा शुरु गरेको तीन वर्ष पछि व्यवसाय बन्द गरेको यस विषयमा परिचित दुई स्रोतहरुले टेकक्रन्चलाई बताएका छन्।

शाओमी १ ट्रिलियन अमेरिकी डलरको बजारबाट हटेको हो।

चिनियाँ कम्पनीले भर्खरै स्थानीय प्ले स्टोर र आफ्नै एप स्टोरबाट एमआई पे र एमआई क्रेडिट एपहरु तानेको थियो।

एमआई पेले प्रयोगकर्ताहरुलाई भारतको यूपीआई भुक्तानी नेटवर्कमा लेनदेनको अनुमति दिँदै आएको छ। अब एमआई पे यूपीआईको निरीक्षण गर्ने एक उद्योग निकाय एनपीसीआईद्वारा मान्तता प्राप्त यूपीआई एपहरुमा पनि अब सूचीबद्ध छैन।

शाओमी र एनपीसीआईको तर्फबाट यस विषयमा आधिकारिक धारणा आएको छैन।

शाओमीले मार्च २०१९ मा भारतमा एमआई पे शुरु गरेको थियो।

सो एपले त्यस वर्ष देशमा दुई करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू सङ्कलन गरेको कम्पनीका कार्यकारीहरूले तत्कालिन समयमा बताएका थिए।

पछिल्लो वर्ष कम्पनीले एमआई क्रेडिड एप शुरु गरेको थियो। जसले ग्राहकहरुलाई कम ब्याजदरमा ७० देखि १४०० अमेरिकी डलरसम्म ऋण दिन्थ्यो।

प्रकाशित: १२ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार