टाटा मोटर्सले विद्युतीय कार बढाउँदै

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
टाटा मोटर्सले विद्युतीय कार बढाउँदै

काठमाडौं ।

टाटा मोटर्सले विद्युतीय कार बढाउँदै गएको छ।

आपूर्ति बढेसँगै माग अनुसार कार सहित अरु टाटा गाडी बिक्री गर्न सहज हुने टाटाले जनाएको छ।

नेक्सन र टिगोर मोडेलको विद्युतीय कारको बुकिङ १ हजार रहेको कम्पनीले उल्लेख गरेको छ।

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको कम्पनीको भनाइ छ।

यसैगरी फोर्ड इन्डिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ।

कम्पनीका अनुसार प्राविधिक रुपले समुन्नत यसको प्रतिवर्ष ४ लाख २० हजार इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता छ।

चार्जिंङ र ग्राहक सेवा सम्बन्धी बृहत पूर्वाधारसहित यी गाडीहरुले निरन्तर बजार विस्तार भइरहेको छ।

नेपालको आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंङ स्टेसन र १०० वटा स्लो चर्जिंङ स्टेसनको स्थापना गरेको टाटा मोटर्सले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार