जीपको पहिलो ईभी ‘एभेन्जर’ सार्वजनिक

  • Technology Khabar | २ कार्तिक २०७९, बुधबार
जीपको पहिलो ईभी ‘एभेन्जर’ सार्वजनिक

काठमाडौं ।

जीपले पेरिस मोटर शोमा आफ्नो पहिलो पूर्ण विद्युतीय सवारीसाधन सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो नयाँ ईभीलाई ‘एभेन्जर’ नाम दिएको छ।
जीप ब्राण्ड अफ रोडका लागि चर्चित भए पनि एभेन्जर ईभी भने आफ रोड बजारका लागि नभएको दड्रिभनले उल्लेख गरेको छ।

बाहिरबाट यो स्पष्ट रुपमा जीपको डीएनए देख्न सकिन्छ। जीपका अनुसार एभेन्जर मिड साइट एसयूभी हो। यो विशेष गरी युरोपेली बजारलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

पछिल्लो समय युरोपमा विद्युतीय सवारी प्रतिको आकर्षण बढ्दो छ। एभेन्जर मार्फत जीप युरोपेली ईभी बजारमा आफूलाई स्थापित गर्न चाहन्छ।

एभेन्जरमा ५४ किलोवाट आवरहेको ब्याट्री दिइएको छ। ११५ किलोवाट मोटरले २६० एनएम अधिकतम टर्क उत्पादन गर्छ। डब्ल्यूएलटीपी रेटिङका अनुसार यसको रेञ्ज ४०० किलोमिटर छ। जीपका अनुसार शहरी ट्राफिकमा ५५० किलोमिटरसम्म रेञ्ज प्राप्त गर्न सकिन्छ।

डीसी फास्ट चार्जरबाट अधिकतम १०० किलोवाटसम्मको पावरले चार्ज गर्न सकिन्छ। डीसी चार्जरबाट २० देखि ८० प्रतिशत चार्जिङ २४ मिनेटमा प्राप्त गर्न सकिने कम्पनीको दाबी छ। न्यूनतम ११ किलोवाट एसी चार्जरले साढे ५ घण्टामा चार्ज हुनेछ।

प्रकाशित: २ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार