एक हजार किलोमिटर प्रतिघन्टा कुद्ने हाइ–स्पिड विद्युतीय ट्रेन बनाउँदै स्पेन

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
एक हजार किलोमिटर प्रतिघन्टा कुद्ने हाइ–स्पिड विद्युतीय ट्रेन बनाउँदै स्पेन

काठमाडौं ।

एक हजार किलोमिटरको यात्रा एक घन्टाको हाइ–स्पिड विद्युतीय ट्रेन स्पेनले बनाउँर्दै छ।

स्पेनिस हाइपरलुप कम्पनी जेलेरोसले पेरिसदेखि बर्लिनसम्मको यात्रा १ घण्टामा पूरा हुने एयर–लक प्रेसराइज्ड पोडहरू डिजाइन गरको अलजजिराले जनाएको छ।

२०० जना यात्रुहरू बोक्ने ट्रेनको विकासले फ्रान्सको पेरिसदेखि जर्मनीको बर्लिन १ घण्टामा पूरा हुने कम्पनीको दाबी छ।
ट्रेन बनेपछि प्लेनको सट्टा यसैमा यात्रा गर्न सकिने स्पेनी कम्पनीले जनाएको छ।

स्पेनी कम्पनीले सरकारको सहयोगमा र लगानी कोष र अनुसन्धानकर्ताहरूको खोजीमा हाइ–स्पिड रेलमार्गको विकासको प्रस्ताव गरेको हो।

हाइपर लूपहरू वायु यातायातको तुलनामा यसले गतिमा काम गर्छन् भने अर्कोतर्फ तिनीहरूसँग ऊर्जा खपत र वातावरणीय प्रदूषणको सन्दर्भमा हवाई यातायातको कुनै पनि गम्भीर परिणामहरू छैनन्।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार