म्याक्लारेनले पारिवारिक इलेक्ट्रिक कार बनाउने

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
म्याक्लारेनले पारिवारिक इलेक्ट्रिक कार बनाउने
म्याक्लारेन कार

काठमाडौं ।

विलासी सवारी उत्पादक म्याक्लारेनले पारिवारिक प्रयोगको ईभी कारमा काम गरिरहेको छ। युके आउटलेट कारसँगको भर्खरको अन्तर्वातामा म्याक्लारेन अटोमोटिभका नयाँ सीईओ माइकल लिटर्सले ब्रान्डले आफ्नो पोर्टफोलियोलाई नयाँ क्षेत्रमा विस्तार गर्न खोजिरहेको बताएका छन्।

उनले म्याक्लारेनको पारिवारिक कार पूर्ण रुपमा विद्युतीइ हुने संकेत पनि गरे। तत्कालका लागि म्याक्लारेनले इलेक्ट्रिक सुपरकारमा काम गर्ने छैन। हाल बजारमा उपलब्ध लिथियम आयन ब्याट्रीहरुबाट सुपरकार निर्माण सम्भव छैन। इलेक्ट्रिक सुपरकारका लागि धेरै तौलको ब्याट्री आवश्यक पर्छ।

एक इलेक्ट्रिक एसयूभी वा लिमोजिन उपयूक्त हुनेछ। यसलाई सहज रुपमा व्यवस्थापन गर्न सकिनुका साथै शक्तिशाली बनाउन सकिन्छ।

यद्यपि लिटर्सले ब्रान्डले एसयूभीमा काम गरिरहेको भनेर स्पष्ट रुपमा भने पुष्टी गरेका छैनन्।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार