
काठमाडौं ।
बेलायको सडकमा पाँच लाख भन्दा बढी प्योर ब्याट्री इलेक्ट्रिक सवारी साधन (बीईभीएस) गुडिरहेका छन्।
आरएसी फाउन्डेसनले विश्लेषण गरेको ड्राइभर एण्ड भेहिकल लाइसेनिङ एजेन्सी (बेलायतको सरकारी संस्था) डाटा अनुसार जून मसान्तसम्म ५ लाख १९ हजार २६६ यूनिट बीईभीएसले लाइसेन्स प्राप्त गरेका छन्।
एक वर्ष अघि २ लाख ८२ हजार ९७७ यूनिट र २०२० को जुन मसान्तसम्म १ लाख ३० हजार २४६ यूनिट बीईभीएसले लाइसेन्स प्राप्त गरेको ट्याक्सीप्वाइनले लेखेको छ।
आरएसी फाउन्डेसका निर्देशक स्टीभ गुडिङले भने, ‘हाम्रा सडकहरुमा ब्याट्रीबाट चल्ने कारहरु ल्याउने सन्दर्भमा यो महत्तवपूर्ण कोसेढुंगा हो। पूर्ण स्वच्च सवारी साधन प्राप्त गर्न अझै आमो यात्रा तय गर्न बाँकी छ। हाल बेलायतका सडकमा ३ करोड ३० लाख कारहरु छन्।’
बेलायती माझ सबैभन्दा लोकप्रिय ईभीमा टेस्ला मोडल ३ रहेको छ। ७५ हजार १८८ यूनिट सहित हाल बेलायतमा टेस्ला मोडल ३ बेलायतको सडकमा सबैभन्दा बढी देखिन्छ। दोस्रो स्थानमा ४७ हजार ६४६ यूनिट सहित निशान लिफ रहेको छ। २६ हजार ९५ यूनिट सहित किया निरो तेस्रो स्थानमा छ।
लोकप्रिय प्लग इन हाईब्रिडमा मित्सुबिशी आउल्याण्डर ४९ हजार २३१ यूनिट छ।
बेलायतमा सन् २०३० देखि नयाँ पेट्रोल र डिजलबाट चल्ने कार तथा भ्यान बिक्रीमा प्रतिबन्धको घोषणा गरिएको छ।
सन् २०२१ को पहिलो तीन महिनाको तुलनामा यस वर्ष बीईभीएस दर्ता १०२ प्रतिशतले बढेको थियो।
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार