लुम्बिनी क्षेत्रको बिजुली बस छठसम्म निःशुल्क

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
लुम्बिनी क्षेत्रको बिजुली बस छठसम्म निःशुल्क
फाइल तस्बिर

काठमाडौं ।

लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसहरूमा दिपावलीसहित छठपर्वसम्म निःशुल्क रूपमा यात्रा गर्न पाइने भएको छ ।

लुम्बिनी विकास कोषको गत बिहीबार बसेको सचिवालय बैठकले निःशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो । दशैँको अवधिमा निःशुल्क बिजुली बसप्रति आकर्षण बढेको छ । तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए ।

दशैँको अवसर पारेर असोज १३ गतेबाट निःशुल्क रूपमा बौद्ध परिपथ क्षेत्रमा निःशुल्क बिजुली बस सञ्चालन गरि एको थियो । नौ हजार ७१२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागी भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परीक्षण एकाइ संयोजक विश्वराज पौडेलले जानकारी दिए।

लुम्बिनीबाट रामग्रामसम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रामा १३ सय ९० जना, लुम्बिनी–बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११ सय २२ जना, लुम्बिनी–देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा १३ सय ४० जना, लुम्बिनी–बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा तीन हजार ४७९ जना, लुम्बिनी–तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा एक हजार ३४८ जना, लुम्बिनी–रामापुर कलोनी रुटबाट पाँच दिनमा २४ ट्रिप यात्रामा एक हजार३३ जनाले लुम्बिनी भ्रमण गरेका छन्।गोरखापत्रबाट

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ३० आश्विन २०७९, आईतवार